साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्गतले गँजडी बनायो

Nepal Telecom ad

आयो जादुगर अनि छडी बनायो
मौसम बदल्छु भन्दै घडी बनायो ।

बुझेनन् कसैले के के थियो चाला
रमिते रजायो र थपडी बनायो ।

हिँड्दा हिँड्दै बटुवा भोकायो बिचरा
दिमाग थ्यो घुमायो खिचडी बनायो ।

रुँदै आमा भन्थिन् छ साथ कस्तो
छोरालाई सङ्गतले गँजडी बनायो ।

गर्जिएथ्यो खोला साथ दिए खेतले
यिनै आँखा आगाडि बगडी बनायो ।

दिए बलिदान गरेरै हो विश्वास
नतिजा सबैलाई चाकडी बनायो ।
धादिङ, हाल– भारत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेताल छ

बेताल छ

प्रकाश अर्याल
धनको मात र मान्छे

धनको मात र मान्छे

प्रकाश अर्याल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x