साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आयो आयो मन्त्री आयो

Nepal Telecom ad

आयो आयो मन्त्री आयो
कति लामो पुच्छर ल्यायो
देश त खायो खायो
हात लम्काउँदै विदेश धायो ।

चटकेले छडी हान्यो
जे जे भन्यो त्यही मान्यो
लाखौँ लाखको खेला जान्यो
दूत व्यापारी सबै तान्यो ।

हेरौँ अब के के तार्यो
आधी जस्तो पुच्छर झार्यो
जोकरहरू वरिपरी
चाप्लुसी र चाकरी ।

आउने पाउने देखायो
खाँदै ख्वाउँदै घुमायो
के के नशा पिलायो
के तालले मन्त्री मिलायो ।

यता उता र्याङ ठ्याङ
पैसै पैसा छ्याङ छ्याङ
ल्याउने लाने खुलायो
थपडीवालालाई भुलायो ।

देश विदेश तिन्कै भो
धुर्त्याईं दाउपेच फन्कै भो
मन्त्रीले खबर पठायो
चटकेले पगरी लगायो ।
उपाध्यक्ष, अनेसास लस् एन्जेलस् च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x