साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यक्तित्व पहिचान

Nepal Telecom ad

गुमाइ इमान अङ्गाल्दा कुकर्म
देखावटी थे, ती मेरा दान धर्म
अहं शान सेखी, बढे धक्कु धाक
घिरौलो समान, भएथ्यो यो नाक ।
गरी अट्टहास नरूँ लाग्थ्यो कहिले
भकारी भँडार, भरूँ लाग्थ्यो जहिले ।

लखेटेर भोका, लुकाएर खाएँ
जस बोक्न एक्लै, हजुरमा चढाएँ
कता गो चयन खै नीदै छैन राती
भनेनन् कसैले, थियो यो त जाती
भर मालिकैको, परूँ लाग्थ्यो पहिले
अरूलाई व्यङ्ग्य गरूँ लाग्थ्यो जहिले ।

ती रङ्गीन गाला ती लुँडा भुँडीका
फसलका पशल् ती, लुछा र चुँडीका
तिलहरी देख्थेँ, कटीमा झुलेका
ती नाभी र वक्ष, पूरै थे खुलेका
दुवै चक्षु चिम्ली, झरूँ लाग्थ्यो पहिले
नदी माथी नौका, तरूँ लाग्थ्यो कहिले ।

झुसे दाह्री जुँगा, फुले यी कपाल
पृया झर्की बोल्छिन् उखेलेर फाल
न सक्छु ‘म’ तालु पुरै रित्तो पार्न
न सक्छु उनीको वचनवाण टार्न
जाईटिङ्ग्रेमा नाम छरू लाग्छ अहिले
मनमोहिनीको, हेरूँ लाग्छ जहिले ।

सुकुमारी छोरी लगाउन चोली
एकोहोरो छोरो, भयो आज भोली
म को हुँ मलाई, थाहा हुन्न आज
पराई सरिका, हुँदा यी समाज
चिनी चहुरमै छरूँ लाग्छ कहिले
कर पाउ टेकी, चरूँ लाग्छ अहिले ।

ममाथि अनेकौँ, अशुभयोग लाग्दा
परिकार पाक्दा, पनि भोक् नजाग्दा
स्वदेशको साजी नरुच्ने मलाई
म भाग्छु गुहार ! गरे है भलाई
विदेशी पहिरन् धरू लाग्छ जहिले
उतै पो बसाइँ सरूँ लाग्छ अहिले ।

बताएँ रे विगत वर्तमान
तक्दीर थ्यो ताजा तरूणी समान
औतार, ली के भो पुतला र लाखे
म हैन अरूझै, पुङमाङ पाखे
बनेर मौका, टरू लाग्छ जहिले
दरबार भित्रै डरूँ लाग्छ कहिले ।
कोसीदेखा–७, काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सुन्दा छि: हेर्दा नि !! 

सुन्दा छि: हेर्दा नि...

निर्मोही शङ्कर पाठक
गोहीको आँसु 

गोहीको आँसु 

निर्मोही शङ्कर पाठक
बधाई ! छ

बधाई ! छ

निर्मोही शङ्कर पाठक
कुकुर पाल्नेका सान

कुकुर पाल्नेका सान

निर्मोही शङ्कर पाठक
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x