साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोहीको आँसु 

Nepal Telecom ad

औंलो दिन हुँदा राजी, हत्केलो टोक्न आउँछ । height=
प्यासमा जल पाउँदा, अगस्ती मुख बाउँछ ।। {{read_more}}

लाभ हुने भए केही, फोहरी पाउ मल्दछ ।
बदला गुनको तिर्न, बेला गुमाइ छल्दछ ।।

आफै मुग्रो बनाउँने, मासेर अरुको हलो । 
भागै खोसेर खानेले, गर्ला खै !कसरी भलो ।

जसको निम्ति भो गोठ, उस्कै पुच्छर बाहिर ।
ढलिमली छ साँढे कै, मिचाहा दुष्ट माहिर ।।

तीतो छँुदैन मीठाको, नराख्ने बांकि क्यै जरो ।
अर्काको जिउको नाना, सक्दैन देख्न एक्सरो ।।

मुस्ली समान भै घोच्न, सीयो बनेर पस्दछ ।
दूधको बदला जस्ले,उकेली बिष डस्दछ ।।

लुकाई आङकै भैंसी,जुम्रोचैं अन्त देख्दछ ।
अँधेरो दिनमा पार्न, हातैले घाम छेक्दछ ।।

नफोर्ने नुनको ढीको, नखाने अलिनो पनि ।
खाएको थालमै ढुक्क, चुठेरै हिंड्छ ऊ अनि ।।

फलाक्ने मुखले रामः, लुकाई साथमा छुरा ।
ब्वाँसाले झैं मुसारेर, लुछ्ने आन्द्राभुँडी पूरा ।।

फन्दामा पार्नकै लागि, बिश्वास क्यै दिलाउँछ ।
छ्ट्टु श्याल खरायो झैं, मीत पनि लगाउँछ ।।

थापेर जाल या पासो, शिकारी झैं गरि चियो ।
हुँदै भैंमा न भाँडामा, कस्तरी हेर ! उम्लियो ।।

चिल्लो दलेर बोलिमा, कुरैले ठिक्क पार्दछ ।
बिपत्मा बन्न साखिल्लो, गोहीको आँसु झार्दछ ।।

कोशीदेखा, काभ्रे
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन्दा छि: हेर्दा नि !! 

सुन्दा छि: हेर्दा नि...

निर्मोही शङ्कर पाठक
बधाई ! छ

बधाई ! छ

निर्मोही शङ्कर पाठक
कुकुर पाल्नेका सान

कुकुर पाल्नेका सान

निर्मोही शङ्कर पाठक
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x