सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रपन्च

Nepal Telecom ad

फेरि रावण र रामको रामको भेट भयो । दुबैले प्रसन्न अनुहार लगाएर गला मिलाए एक अर्कामा र फेरि हात पनि मिलाए । height= {{read_more}}

“हैन, यतिन्जेल तिमी कहाँ थियौ ? मद्वारा मारियौ भनेर दुनियाँलाई बिश्वास दिलाउँन मलाई कम्ता गाह्रो पर्या होइन” –रामले गुनासो गर्यो रावणसँग ।

“छद्मभेष धरी भारत वर्षको इन्द्रप्रस्थ क्षेत्रमा राजनीति गरि बसेको छु नि” रावणले उत्तर दियो र प्रश्न पनि थप्यो–“अनि तिमी चैं जलमा डुबेको प्रपन्च गरि कहाँ लुक्न पुग्यौ त ?”

“हिमवत खण्डको जम्बु दिपमा”– रामले उत्तर दियो ।

“ए ! ए ! उसोभए अबको योजना ?”– रावण उत्सुक भयो ।

“यसपटक तिमी राम हुने, म रावण । अघिल्लो पटक राम हुँदा कम्ती सास्ती भोग्याछु र ! मैले ?”– रामले गुनासो गर्यो ।

रामको गुनासो सुनेर रावण मुसुक्क हाँस्यो र रामको हात पिट्दै भन्यो– “ओके डन, तर अबको कार्यक्षेत्र ?”

“जम्बुद्विप” –रामको उत्तर थियो ।

गौरादह–७, झापा 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
बजेट

बजेट

जीवन ‘पीडित’ दाहाल
ब्रम्हा

ब्रम्हा

जीवन ‘पीडित’ दाहाल
हात

हात

जीवन ‘पीडित’ दाहाल
सिकार

सिकार

जीवन ‘पीडित’ दाहाल
जाफ्नाको स्याल

जाफ्नाको स्याल

जीवन ‘पीडित’ दाहाल
नयाँ राजा

नयाँ राजा

जीवन ‘पीडित’ दाहाल
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी