साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झुट

Nepal Telecom ad

साँचो कुरा त जो पनि गर्न सक्छ
झुटो बोल्न पो बुद्धि लगाउनु पर्छ
त्यसैले धेरै झुटो बोल्नेलाई
धेरै बुद्धिमान भन्नु पर्छ ।

झुटो बोले भगवान रिसाउछन्
साँचो बोले वरिपरिका सबै रिसाउँ छन
भगवानले त जे गर्ने हो मरेपछि गर्लान्
तर वारिपरिकाले त अहिल्यै मार्छन् ।

अबोध केटाकेटीको बुद्धि हुँदैन र साँचो बोल्छन्
हुर्किएकाको बुद्धि हुन्छ र झुटो बोल्छन्
झुटो बोल्न धेरै बुद्धि लगाउनु पर्छ
त्यसैले झुटो बोल्नेलाई बुद्धिमान भन्नु पर्छ ।

झुटो बोल्नु बालकको गल्ति हो
प्रेमीको बाध्यता हो
युवकको प्रगति हो
नेताको उपलब्धि हो
वृद्धको ठट्टा हो
त्यसैले बुद्धि नहुनेले साँचो बोल्नु पर्छ
बुद्धि हुनेले झुटो बोल्नु पर्छ
साँचो बोल्नेलाई मुर्ख र
झुटो बोल्नेलाई बुद्धिमान भन्नु पर्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x