साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिमीमा केही त खास छ केसी

Nepal Telecom ad

हतास भएकाहरूमा पलाएको नौलो विश्वास छ केसी
निराश भएकाहरू भित्र जागृत उमङ्गित आश छ केसी
तिम्रो दृढता निडरता जुझारुपनलाई सलाम छ केसी
नेपाली चिकित्सा क्षेत्रको, फर्किरहेको श्वास छ केसी ।

गहन अँध्यारो बीचको सत्य प्रकाश छ केसी
पर्दाफास अब हुन्छ पक्कै एक आभास छ केसी
आमरण उपवासको अभ्यासले रचेको छ इतिहास,
न्यायप्राप्तिको महान यात्रापथको शिलान्यास छ केसी ।

मस्किएर पस्किने कदाचार विरुद्धको प्रयास छ केसी
उदास आँखाहरूमा उदाएको तरङ्गित उल्लास छ केसी,
बन्छु कि कालको ग्रास, कतै पनि थिएन अलि पनि त्रास
न डराउने, नबिराउने तिमीमा केही त खास छ केसी ।

उत्कर्षमा पुगेर जो निकाल्छ निष्कर्ष ऊ छ केसी
स्वास्थ माफिया विरुद्धको अनवरत संघर्ष छ केसी
अरुको जोगाउन, ज्यान दिन तैयार सहर्ष छ केसी
वर्षौं पछि अनुभूत भएको एक उच्च आदर्श छ केसी ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x