साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तब पो पाउँछ देश निकास !

Nepal Telecom ad

जल माफिया, थल माफिया
दल माफिया, बल माफिया ।
सबतिर ब्रोकर जोकर चैन
जनता मर्दछ, खाने छैन ।।१।।

गूडी उडी डुल्छन् देश विदेश
ढुकुटी फोर्दै बने अचेत ।
साला सम्धी, ज्वाँई र छोरा
लुट्छन् ‘लित्का’ बोरा बोरा ।।२।।

बिजुली तेलै दूध वा ठेक्का
नातामा नै पायौ एक्का ।
दल—बल खल छन्, कलका लोरी
बेच्छन् यिन्ले हाम्रा छोरी ।।३।।

खाडी धकेले कतिपय छोरा
विप्रेषणले भर्छन् बोरा ।
उग्र दलाल राष्ट्र कपूत
माफिया के हुन्छ सपूत ? ।।४।।

लुट्छन् कुट्छन् नैतिक मान्छे
दादा डन नै, राख्छन् भान्छे ।
सत्याग्रहको धज्जी उडाई
दमन गरेका, नाची रमाई ।।५।।

उठ ए जनता, कति चुप बस्ने
दलाल माफिया, अब सब कस्ने ।
मासौँ सब यी, द्रव्य पिचाश
तब पो पाउँछ, देश निकास ।
धादिङबेँसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x