प्रेम ओली ढकलपुरेअब गर्यो भने
तिनीहरू गर्छौ भने
हामीले मान्यौँ
यिनीहरूले पनि गर्छौं भने
हामीले छान्यौँ
न तिनीहरूले गरे
न यिनीहरूले गरे
कोही गर्छौं भन्दा भन्दै त्यसै मरे
अझै पनि यिनी गर्छौं भन्छन् अरे
यिनका कुराले त
बिना बादल पानी पर्ला जस्तो छ
अब केही गर्यौ भने
यो गुइँठेको छोराले गर्ला जस्तो छ ।
शान्ति ल्याउँछौँ भन्थे
मान्छे सक्ने क्रान्ति ल्याए
विकास ल्याउँछौँ भन्थे
भएका पनि भत्काएर
बिनास ल्याए
अभैm यी संविधान
ल्याउँछु ल्याउँछु भन्छन्
गाउँमा धान नफलेर बा रोकाछन्
जवान विदेश पलायन भएर
गाउँघरतिर
दाँत फुक्लेका बुढा बोका छन्
यिनका कुराले त आकाश झर्ला जस्तो छ
अब गर्यो भने केही यो देशमा
यो गुइँठेको छोराले नै केही गर्ला जस्तो छ ।
यिनीहरू
कानुन बनाउने कुरा गर्छन्
कालिकोटमा नुन छैन
यिनीहरू रेलका कुरा गर्छन्
जुम्लामा मट्टीतेल छैन
यिनी मुलुकी ऐनका कुरा गर्छन्
मुलुकमा अझै चैन छैन
यिनीहरू
संविधानको धाराको कुरा गर्छन्
सहरमा पानीको धारा छैन
यस्तै थिए यिनी
यस्तै हुन् यिनी
अब त यिनका कुराले
आकाश झर्ला जस्तो छ
बरु गर्यो भने अब
यो गुइँठेको छोराले
केही गर्ला जस्तो छ ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































