साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुनियाँलाई देखाइदिन्छौंँ

Nepal Telecom ad

एउटै जाति नेपाली हाम्रो
परिचय अरु मेटाइ दिन्छौँ
मुस्किलमाथि मुक्की तानेर
दुनियाँलाई देखाइ दिन्छौँ ।

स्वाभिमानलाई गरेर आहत
राहत हामीलाई चाहिंँदैन
विपद्ले पीडित बनेका मात्रै
यी बिचरा! भन्न पाइँदैन ।

डरसँग डरने कुरै भएन
डरलाई पनि डराइ दिन्छौँ,
वीरपूर्खाको रगत छ मुटुमा
पहरामा फहरा फुटाई लिन्छौँ ।

आपसी मनका भेद बिर्सेर
दुर्भाग्यलाई लत्याउनु छ
शक्तिलाई केन्द्रित गरेर
सुन्दर देश सजाउनु छ ।

आँसु धेरै झारिसक्यौं अब
मनमा नव उल्लास भरौं,
ध्वंस पछि निर्माण हुन्छनै
हिँडौं बढौं विश्वास गरौंँ ।

विपत्ती नियति हो जीवनको
अनुमति नलिई आइदिन्छ ।
आँट हेरेर पुरुषार्थिको
आउँछ त्यस्तै जाइदिन्छ ।

देशमा पीडा ऊ विदेशमा
सत्य तथ्य कोट्याउनु छ
अरुको होइन आफ्नो बनाउन
विदेशी जागिर छोट्याउनु छ ।

पीडा जहाँ जसलाई भए पनि
सवै राष्ट्रको पीडा नै ठान्छौंँ
वीर आमाका वीर सपुत छौँ
नेपाललाई जिताइ छाड्छौँ ं।

रगत पसिना धेरै बगायौँ
अरुको देश बनाउनमा
अब आमाको ऋृण चुकाऔँ
अस्मिता आफ्नो जोगाउनमा ।

दृढ संकल्प जगाइ मनमा
लागौँ नव निर्माणको रणमा
लडे पनि उठी दगुरी जाने
शक्ति माटोको छ कणकणमा ।

उकालोमा उक्लन खोज्दा,
घुँडा टेकिन्छ चिप्लिन्छ ।
जोश जांगर र उल्लाससाथ
रहँदा चुलीमा पुगिन्छ ।

हिम्मतको हुँकार सुन्दै, दुर्लभ
स्वयं सुलभ हुन्छ ।
तर हताश हुँदा निराशाले
सियाँल परेर जिन्दगी रुन्छ ।

आस्था हाम्रो गराइमा छ
भनाइमा मात्रै लाग्दैनौँ ।
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
​जिन्दगी के थाहा, बाँकी होला नै कति ?

​जिन्दगी के थाहा, बाँकी...

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x