साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता गहिरो हुनु पर्छ

Nepal Telecom ad

कविता गहिरो हुनु पर्छ
त्यो सुनेदेखि कविजी खाल्डो खनेको खन्यै हुनुहुन्छ
आफ्नो कवितालाई गहिरो खाल्डोमा राखेर
कविजी आफ्नो कवितालाइ गहिरो बनाउने शुरमा हुनुहुन्छ ।

कविता राम्रो हुनु पर्छ
त्यो सुनेदेखि कविजी कविता लिएर ब्युटी पार्लर धाउँदै हुनहुन्छ
कविता लेखेको पानामा गाजल लिपिस्टिक दलाउँदै हुनुहुन्छ
कविजी आफ्नो कवितालाई राम्रो बनाउंदै हुनुहुन्छ ।

कविता गम्भीर हुनु पर्छ
त्यसैले त कविजी आफ्नो कविता खल्तीमा हालेर
जो सुकैको मलामीमा पुग्नु हुन्छ
प्राय कवितासँगै उहाँ मसानघाटमै भेटिनु हुन्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x