साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा महादेब

Nepal Telecom ad

आज त पतिदेवसँग
सँगै खान पाइन्छ कि भनी
सधै पर्खि बसियो
पर्खदा पर्खदै स्वामीलाई
कति पटक
भोक भोकै फसियो ।

कहिले विवाहको भोज
कहिले साथीभाइको भोज
स्वामीजी घर आउँदा
सधैं ह्वास्स गन्हाउँछन्
अझ रातमा सुल्टी गरेर
कम्ती बिजोक बनाउँछन्
सधै भाङ धतुरोमा
रमाउने महादेवसँग
कसरी पार्बतीले दिन काटिछन्
महादेवले खान्थे थाह थियो
तर कसरी विवाह गर्न आँटिछन्
मेरा ख्वामित त विवाह गर्दा
चुरोट रक्सी खादै खान्न भन्थे
डिस्को भट्टी जाँदै जान्न भन्थे
हरेक दिन आउँदा
आज अन्तिम हो भन्छन्
घरमा आउँदा हिजो भन्दा
झन टुन्न पो बन्छन् ।

कसम पनि खाका छन्
तुलसी पनि छोका छन्
धरोधर्म खान्न भन्दै
धुरु धुरु रोका छन्
तर त्यो भोलि
अभैm आको छैन
नखाएर आएको
कुनै दिन भाको छैन
सधै घरमा तनाव सधै झगडा
छोरा छोरीसँग पनि त्यस्तै लफडा
दिक्क भएर अचेल
मैले पनि थोरै लाको छु
लफडा न झगडा
आफूलाई झन तगडा पाको छु ।

बुढो भट्टीतिर ढल्छ
छोरो डिस्कोतिर ढल्छ
लु जा यत्रैसित
आफ्नाे पनि घरमा सधै
पार्टी नै चल्छ ।
दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
बाको श्राद्ध

बाको श्राद्ध

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x