साधुराम खड्कागणितीय खेल
चाहन्छन् सबै दुख घटाउन
खोज्छ मनले सुख सुविधा बढाउन
कोशिस जति गरे पनि सकिएन भगाउन
बेफ्वाँकका काम मात्रै गुणन भए
चोटहरूलाई मनको कोष्टकमा राखेर
बत्तीस दन्त देखाएर बाँच्नु छ
खाना जे खाए नि खेल ६९ चलेकै छ
होटलमा रूम नं. १३ प्राय लुकेकै छ
बाउन्ने र बामेले नि देश चलेकै छ
व्वाँसोहरू ६०१ भई देश लुट्दैछन्
हजारौं मिटरको हिमाल कता पो सर्दैछ ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































