साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असारे बिकास

Nepal Telecom ad

बजेट जेट बन्दैछ, सारपूर्ण असार हो
आधा बजेट बाँकी छ, दलका अभिशाप हो ।
सम्झौता नै ढिलो गर्छन्, अनि लोड असार छ
कागजी बाघको धन्दा, सबैलाई अपार छ ।।

कर्मचारी खटेका छन्, कार्यकर्ता र नायक
ठगदार दलाली नै, बन्छन् बिकास वाहक ।
उपभोक्ता सभा ताती, योजना क्या मजा फुले
बाटो पानी र पर्खाल, मात्रै कागजमा झुले ।

हतारो र चटारो छ, बवकासे नीति योजना
बगली भर डाँका हो, मारिएको छ चेतना ।
अलकत्रा हिल्याएर, बाटोमा रमिता गर
कुम्ल्याई देशको कोश, गोजी आफ्ना सबै भर ।

भागबन्डा गरी खाउ, झोकतन्त्र बचाउँदै
कारिन्दा कार्यकर्ता हो, गणतन्त्र नचाउँदै ।
मिलेमतो गरेमत्रै, नव नेपाल बन्दछ ।
कागजी बाघ देखाई, सत्ता हसुर भन्दछ ।।
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x