साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आज पनि वार्ता मिल्यो !!

Nepal Telecom ad

कुरा मिलेझैँ अब चार भाइ
चारै दिशाका सँगमा रमाई
बोली नमिल्ने तर एक जस्तै
देखावटी हो कि व्यथा छ उस्तै ? ।

हो, निस्किए टार पसेर आजै
विचार भिन्नै तर लक्ष्य साझै
बन्ने भयो झैँ घर एक सस्तो
खै बालुवाको घर टिक्छ कस्तो ! ।

सिकारु कर्मी अथवा गफाडी
बुझ्दैन कोही घरका पछाडि
नौलो मिलेको घर बन्छ बन्छ
रटान यौटै नव वास बन्छ ।

गाँठो नफुक्ने त कुरै भएन
सद्धर्म आफ्नो पनि फेरिएन
पक्रेर यौटै द्रुतमार्गबाट
अवश्य नौलो घर बन्छ, आँट ।

कोठा मिलेरै पनि बाँड्न सक्ने
प्रकाश हावा जल साट्न सक्ने
होला गुनासो कति वस्तु पाऊँ
इच्छा सबैको कसरी जुटाऊँ ।

सँगै सुते पाउ अवश्य छुन्छ
कोठा बने भाउ प्रशस्त हुन्छ
वार्ता मिलेको छ भएर छाड्छ
कोठाहरू भाग पुगेर छाड्छ ।

शंका अझै त्यो छत बन्छ कस्तो
जस्ता भए तात्तछ अग्नि जस्तो
पराल हालेपछि डढ्न सक्छ
ढलान नै फुट्छ कि सड्न सक्छ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x