प्रेम ओली ढकलपुरेट्वाके पन्डित
कोही मठ मन्दिर तिर लागे
कोही सहरतिर भागे
कोही राजधानीतिर फट्के
कोही बनारसतिर गड्के
म मात्र गाउँमा फसिराछु
यज्ञ माहायज्ञ गर्न सक्दैन
त्यसैले गाउँघरमै बसी राछु ।
टवाका पन्डित भनेपछि
गाविस भरी चिन्छन्
सिला खोज्ने छन् पन्डित गाउँमा
त्यसैले जति भने पनि दिन्छन्् ।
मर्दो पर्दो चलाउँछु
सत्य नारायणसम्म लगाउँछु
पन्डितको छोरो भए पनि
खसीको मासुसम्म चलाउँछु
उस्तै पर्यो भने
ट्वाकमा पनि पछि परेको छैन
त्यसैले खास नाम अरु भए पनि
ट्वाका पन्डितले बढी कहलाछु ।
चौरासी दान
बैतर्नी दान
सैया दान
घैया दान
थाल बटुली
खाट खटुली त
थानका थान
खै कहाँ जान्छ
यो खाडो दान
कसैले गर्छन् गाई दान
तर सधै थारो
यसका बान
जे भए पनि
पन्डित भनेर
मान सम्मान पाको छु
कर्मकान्ड गरेर भए पनि
दाल भात खाको छु ।
कान्छो छोरालाई
संस्कृत पढ छोरा भन्यो
अङ्ग्रेजी पढ्छ
यो पढ्न मान्दै मान्दैन
जेठोलाई जति साथ लगाए पनि
म जस्तो जान्दै जान्दैन ।
बुढा पाका यसो सुने जस्तो गर्छन्
टाउको हल्लाउँदै मख्ख पर्छन्
युवा जजमान त सुन्दै सुन्दैनन्
सुने पनि मनमा गुन्दै गुन्दैनन् ।
बुढा पाका भए त
बिस्तारै पढ्छु
तन्नेरी जजमान भए त
पेज जम्प नै गर्छु
अब पाठ गर्दा पनि
युवा जजमानको लागि
अङ्ग्र्रेजीमा नै पढुँ जस्तो
कोही सर्ने होइन अघि
अब यसमा पनि
आँफै अगाडि बढुँ जस्तो ।
दाङ, हाल काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest






































