साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाको श्राद्ध

सक्छौ भने सुनकै सक्दैनौ भने, राम्रै काठको शैया दान गर, धैया दान गर मन खोलेर गर, धन खोलेर गर आखिर यो सम्पत्ति तिम्रै बाले कमाको हो नखाई नलाई, बिचराले जमाको हो ।

Nepal Telecom ad

प्रेम ओली ढकलपुरे :

ल यो कुश समाऊ
यो टपरीमा सय बसाऊ
दुनामा पचास खसाऊ
यो सब तिम्रा बाले पाउँछन्
उता पनि निकै महङ्गी छ रे
दश रुपैयाँले त के पो लाउँछन् ।

नर्कमा परेका भए खानु पर्ला
स्वर्गमा भए डिस्कोमा जानु पर्ला
मेनका उर्वशीले नाइटो देखाउलान्
तिम्रा बाले नाइटामा पैसो हाले पो
इन्द्रले मेहफिल चलाउलान् ।

यो कुश लेऊ, गाई हो यो
गाईको नै दाम देऊ
तिम्रा बालाई भैंसी होइन
गाईको दूध चाहिन्छ
त्यहाँ पनि चोख्याउन
गाईकै गहुँत खाइन्छ
घोडा दान हात्ती दानको सट्टा
सके कार दान गर
नभए मोटर साइकल दान गर
त्यो पनि सकिँदैन भने
साइकल एक थान गर
त्यहाँ पनि हात्ती घोडाभन्दा
मोटर गाडी नै चाहिन्छ रे
घाँसपातभन्दा सजिलै
पेट्रोल नै पाइन्छ रे ।

सुरुवाल भोटि फाल
प्यान्ट, हाफ प्यान्ट हाल
सक्छौ भने भोड्‌का बोतल हाल
बुढो भएर मरे पनि
सब जवान भई जाने हो
यहाँ पो छेत्री बाहुनका कुरा
इन्द्रलोकमा त
सबैले सोमरस खाने हो
भोड्का दियौ भने
तिम्रा बाले पनि इन्द्रलाई
उपहार लगी जालान्
इन्द्रजीले पनि
मृत्युलोकमा बनाएको सोमरस
कस्तो हुन्छ भनी खालान् ।

सक्छौ भने सुनकै
सक्दैनौ भने, राम्रै काठको
शैया दान गर, धैया दान गर
मन खोलेर गर, धन खोलेर गर
आखिर यो सम्पत्ति
तिम्रै बाले कमाको हो
नखाई नलाई, बिचराले जमाको हो
दान धर्म जे गर्छौ
तिम्रा बाले पाउलान्
नत्र भन्द्या छु-
तिम्रा बा रिसाएर
भूत बनेर आउलान् ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x