साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म लिएर आएको छु कविताको मीठो- अचार

आफ्नो स्वभावलाई दिएर सकारात्मक आकार गर्नुस् यो काव्यजगतको अनुभूतिको प्रस्तुति स्वीकार। चाख्नुस् स्वाद लिँदै केही पर्दैन तिर्न अहिले त मात्र गर्दैछु अचारको प्रचार।

Nepal Telecom ad

लक्ष्मण नेवटिया :

डायरीको बुट्टेदार
भाँडोमा सँगालिएको
हो,म लिएर आएको छु
कविताको मीठो अचार।

थोरै आँसुको नुनसँगै,,
अलिकति मायाको चिनी अनि
कलमको चम्चाले
व्यङ्ग्यले झानेर पनि।
आक्रोशको आगो बालेर,
कागतको कराइमा पकाएको छु।

आशा, आकांक्षा सुनौला
सपनाको मसला खन्याएँ।
जीवनका विभिन्न अनुभवलाई
अचारमै मिसाएँ
बढी गर्दिन
थप यसका गुणको विस्तार।

मुटुको ओखलमा कुटेर भाव,
आफ्ना तीतामीठा विचार।
रचनात्मकताको सृजनालाई
कानको स्वाद अनुसार
आफ्नो स्वभावलाई दिएर
सकारात्मक आकार
गर्नुस् यो काव्यजगतको
अनुभूतिको प्रस्तुति स्वीकार।

चाख्नुस् स्वाद लिँदै
केही पर्दैन तिर्न
अहिले त मात्र गर्दैछु
अचारको प्रचार।

डायरीको बुट्टेदार
भाँडोमा सँगालिएको
“म लिएर आएको छु
कविताको मीठो अचार”।

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म महाकाल हुँ : अनावृत्त गतिमान् !

म महाकाल हुँ :...

लक्ष्मण नेवटिया
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
पाठकको खोजीमा कविता

पाठकको खोजीमा कविता

लक्ष्मण नेवटिया
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
व्यङ्ग्य गुट्का

व्यङ्ग्य गुट्का

लक्ष्मण नेवटिया
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x