परिवर्तन
यहाँ कोयली छैनन् अब गाउने
कागहरू छन् नारा लाउने
फूल पनि अब कागजका छन्
लोप भए ऋतु गाउने ।
कोयलीको स्वर कौवा गाउने
मृग बनेर कुक्कुर आउने
कहाँ छ कसको पहिचान कस्तो
धुरी उदाङ्गै जग छाउने ।
जताजता नारा उताउता सारा
छैन कसैको कोहि सहारा
लुगा लगाउने नर भक्षक छन्
अपराध शक्ति अपरम्पार ।
सदाका चोर छन् सदाचारी
बिचारी झन् व्यभिचारी
को नर अब को नारी ?
न कसैको सारी न कसैको दाह्री !!
काठमाडौं