साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यो हो काठमाडौं सिटी

Nepal Telecom ad

यो हो बानेश्वर
यो हो ज्ञानेश्वर
यो होे कोटेश्वर
यो हो त्रिपुरेश्वर
ईश्वरै ईश्वरको शहर
यो होे तस्करै तस्करको शहर ।

यो हो बाग्दरवार
यो हो सिंहदरवार ं
यो हो लालदरवार
यो हो स्यालदरवार
दरवारै दरवारको शहर
यो हो तरवारै तरवारको शहर ।

यो हो असनवजार
यो होे शसनवजार
यो होे खसीवजार
बजारै बजारको शहर
यो होे हजारै हजारको शहर ।

यो हो जागृतिनगर
यो हो प्रगतिनगर
यो हो अनामनगर
यो हो बेनामनगर
यो होे नगरै नगरको शहर ।

यो हो महानगर
यो हो पानीपोखरी
यो हो रानीपोखरी
यो हो कमलपोखरी
यो हो खिचापोखरी
यो होे पोखरी नै पोखरीको शहर
तर जति खिच पनि पानी नआउने
यो हो खिच्चा शहर ।

यो हो सेनधारा,
यो हो तीनधारा
यो हो बाइसघारा
यो हो तेइसधारा
धारै धाराको शहर
तर, पानी खान नपाएर आँत हरहर
यो हो ज्यानमारा शहर ।

यो हो मनहरा
यो हो तनहरा
यो हो हरहरा
यो हो धरहरा
तन मन हन हरभरा शहर
तर, वन, धन हराएर
यो हो अधमरा शहर ।

यो हो गोचर
यो हो लेनचौर
यो हो खर्कचौर
यो हो चौरै चौरको उहिले को शहर
चौर जति खुर्किएर यो हो खुइलिएको शहर ।

यो हो भूगोलपार्र्क
यो हो रत्नपार्क
यो हो मित्रपार्क
यो हो वसपार्क
पार्कै पार्कको शहर
यो हो दिउसो डाका शहर ।

यो हो पुत्तलीसडक
यो हो सुन्तलीसडक
यो हो बत्तिसपुतली
यो हो छत्तिसपुतली
पुतली नै पुतलीको शहर
तर, पुतली सबै पोइला जानाले
यो हो अपुतली शहर ।

यो हो जाउलाखेल
यो हो लगनखेल
यो हो झम्सीखेल
यो हो टुँडीखेल
खेलै खेलको शहर
यो हो झेलै झेलको शहर ।

यो हो नक्साल
यो हो टक्साल
यो हो चावेल
यो हो ठमेल
ठलमठेलको शहर
यो हो पेलमपेलको शहर ।

यो हो मैजु वहाल
यो हो सैजु वहाल
यो हो ओमवहाल
यो हो हो म वहाल
वहालै वहालको शहर
यो हो बेहालको शहर ।

यो हो सिनामङगल
यो हो मीनामङगल
यो हो मठेमङल
यो हो गठेमङ्गल
गठे र मठेको शहर
यो हो सठेको शहर ।

यो हो गुच्चाटोल
यो हो फुच्चाटोल
यो हो पाचा टोल
यो हो चाचा टोल
टोलै टोलको शहर
यो हो गोलमटोल शहर ।

यो हो कालो पुल
यो होे सेतो पुल
यो हो रातो पुल
यो हो आकाशे पुल
यो होे विकासे पुल
पुलै पुलको शहर
यो होे हाउसफुल शहर ।

यो होे रोदीघर
यो हो मोदीघर
यो हो तोदीघर
यो हो माइतीघर
घरै घरको शहर
तर घरले किचिएर मारिएला भन्ने
यो हो डरैडरको शहर ।

यो हो कट्टेकुलो
यो हो खट्टेकुलो
यो हो गट्टेकुलो
यो हो घट्टेकुलो
कुलैै कुलाको शहर
यो हो मूल मैलाको शहर ।

यो हो सोल्टी होटेल
यो हो मल्टी होटेल
यो होे टुरिष्ट होटेल
यो हो एभरेष्ट होटेल
होटलै होटलको शहर
यो हो क्यापिटल शहर ।

यो हो ठहिटी
यो हो भोटाहिटी
यो हो मरुहिटी
यो हो नारायणहिटी
हिटी नै हिटीको झिटी
यो हो काठमाडौं सिटी ।
अभिव्यक्ति पूर्णाङ्क १७७

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x