साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच कविता

Nepal Telecom ad

१. पाँडे पुरस्कार पड्काको रहेछु height=

हिजोसम्म मैले
ढाँट कविता मात्र लेखेको रहेछु भ्याएसम्म मैले {{read_more}}
भाट कविता पनि लेखेको रहेछु 
ढाँट र भाट कविता भट्याएर ठाँटसँग कवि भैखाएको रहेछु ।

हिजोसम्म मैले
ट्वाँट कविता मात्र लेखेको रहेछु
सकेसम्म मैले
स्वाँठ कविता पनि लेखेको रहेछु 
ट्वाँट र स्वाँठ कविता पाठ गरेर 
थुप्रै पुरस्कार च्वाँट पारेको रहेछु    ।

हिजोसम्म मैले
कसैले बुझ्दै नबुझ्ने हाडे कविता मात्र लेखेको रहेछु
सकेसम्म मैले कसैले सुन्दै नसुन्ने
साँढे कविता पनि लेखेको रहेछु 
हाडे र साँढे कविता सुनाएर
प्रशस्तै पाँडे पुरस्कार पड्काको रहेछु ।

२.  फरक

शहीदको शरीरबाट
देश प्रेमको सुगन्ध आउँदोरहेछ
सांसदको शरीरबाट
सत्ताप्रेमको हरक आउँदो रहेछ शहीद र सांसदमा
यही फरक हुँदोरहेछ ।

३. वर्तन र परिवर्तन

बुहारीले गरेजस्तै छोराले पनि गरेहुन्थ्यो घरको बुहार्तन अर्थात्
छोरीले माझेनजस्तै छोराले पनि माझे हुन्थ्यो घरका भाडा वर्तन
अनि पो आउँथ्यो देशमा गाढा परिवर्तन ।

४. शहीद र सांसद

उनी शहीद भए
जसले आमाको आँशु पुछे यिनी सांसद भए
जसले आमाको मासु लुछे उनी शहीद भए
जस्ले देशको मान र शानका लागि मरिमेटे यिनी सांसद भए
जसले देशकै नाम निशाना मेटे    ।
उनी शहीद भए 
जो मरेर पनि अमर भै व्यूँतिरहे यिनी सांसद भए 
जो बाँचेर पनि मरेसरह भै सुतिरहे ।

५. जनताको लात

मजाले खाए नेताले बासमति धानको भात 
मजाले गाए नेताले सहमति र सम्बिधानको बात 
मजाले खाए धानको भात 
मजाले गाए सम्विधानको बात
तर, समयमा सम्विधान दिन नसक्ता 
मजाले खाए नेताले
जनताको लात ।

विराटनगर
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x