सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पाँच कविता

Nepal Telecom ad

१. पाँडे पुरस्कार पड्काको रहेछु height=

हिजोसम्म मैले
ढाँट कविता मात्र लेखेको रहेछु भ्याएसम्म मैले {{read_more}}
भाट कविता पनि लेखेको रहेछु 
ढाँट र भाट कविता भट्याएर ठाँटसँग कवि भैखाएको रहेछु ।

हिजोसम्म मैले
ट्वाँट कविता मात्र लेखेको रहेछु
सकेसम्म मैले
स्वाँठ कविता पनि लेखेको रहेछु 
ट्वाँट र स्वाँठ कविता पाठ गरेर 
थुप्रै पुरस्कार च्वाँट पारेको रहेछु    ।

हिजोसम्म मैले
कसैले बुझ्दै नबुझ्ने हाडे कविता मात्र लेखेको रहेछु
सकेसम्म मैले कसैले सुन्दै नसुन्ने
साँढे कविता पनि लेखेको रहेछु 
हाडे र साँढे कविता सुनाएर
प्रशस्तै पाँडे पुरस्कार पड्काको रहेछु ।

२.  फरक

शहीदको शरीरबाट
देश प्रेमको सुगन्ध आउँदोरहेछ
सांसदको शरीरबाट
सत्ताप्रेमको हरक आउँदो रहेछ शहीद र सांसदमा
यही फरक हुँदोरहेछ ।

३. वर्तन र परिवर्तन

बुहारीले गरेजस्तै छोराले पनि गरेहुन्थ्यो घरको बुहार्तन अर्थात्
छोरीले माझेनजस्तै छोराले पनि माझे हुन्थ्यो घरका भाडा वर्तन
अनि पो आउँथ्यो देशमा गाढा परिवर्तन ।

४. शहीद र सांसद

उनी शहीद भए
जसले आमाको आँशु पुछे यिनी सांसद भए
जसले आमाको मासु लुछे उनी शहीद भए
जस्ले देशको मान र शानका लागि मरिमेटे यिनी सांसद भए
जसले देशकै नाम निशाना मेटे    ।
उनी शहीद भए 
जो मरेर पनि अमर भै व्यूँतिरहे यिनी सांसद भए 
जो बाँचेर पनि मरेसरह भै सुतिरहे ।

५. जनताको लात

मजाले खाए नेताले बासमति धानको भात 
मजाले गाए नेताले सहमति र सम्बिधानको बात 
मजाले खाए धानको भात 
मजाले गाए सम्विधानको बात
तर, समयमा सम्विधान दिन नसक्ता 
मजाले खाए नेताले
जनताको लात ।

विराटनगर
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’