सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सापकोटाको सपना कैले होला साकार

Nepal Telecom ad

“नमस्कार कविजी ! नमस्कार height=
नमस्कार कविजी ! नमस्कार”
कानमा गुञ्जिन्छ रातदिन {{read_more}}
नमस्कारको झंकाार १

खाँदैछु म रातदिन
नमस्कार माथि नमस्कार
खाँदा–खाँदै ओसिलो नमस्कार
आउन थाल्यो झुसिलो डकार २

जति खाए पनि नअघाइने
कति खानु यो नमस्कार
गति र मतिको खति गराउने
अति भो यो नमस्कार ३

भो, चाहिदैन मलाई तिम्रो नमस्कार
भो, खाइँदैन अब तिम्रो नमस्कार
मलाई त चाहिन्छ पुरस्कार
अब त पाइन्छ पक्कै पुरस्कार ४

तेसैले, कवि कोटाको
वस्, यहि छ पुकार
कवि सापकोटाको पनि
होस् केही उपकार ५

पुरस्कार पाउने सापकोटाको सपना
कैले होला साकार
भन, त, श्रद्धेय कविवर
शैलेन्द्र साकार ! ६ 

०७५।१।२२।७ 
विराटनगर–११ ० ०२१–४७०५७८

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ब्युटिफुल फाइट

ब्युटिफुल फाइट

लावण्य सापकोटा
पाँच कविता

पाँच कविता

लावण्य सापकोटा
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’