साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुम्ले दादा

Nepal Telecom ad

एउटा बलियो बाङ्गो भिखारीले height=
अर्को ख्याउटे भिखारीको थाल झम्टँदै भन्यो
तैँले मेरो प्रदेशलाई हप्ता तिरेको खै ? {{read_more}}
उसले आफ्ना सेनालाई आदेश दिँदै भन्यो
ए केटाहरू हो यसलाई यहाँबाट बोक
कुनामा लगेर दुईचार मुक्का ठोक ।

हवस् कुम्ले दादा भन्दै एक हुल सेना आए
उसलाई दुई चार के, दशबीस भाटा लाए ।
एक छिन पछि अर्का हुल सेना आए
साथमा होचो होचो मान्छेलाई पनि ल्याए
एउटाले उसलाई मुन्टाउदै जाहेरी ग¥यो
कुम्ले दादा ! यसले हाम्रो प्रदेशमा एक महिनासम्म माग्यो
तर कुनै ट्याक्स नतिरी भाग्यो
भन्नुस् सरकार ! यसको पनि हातका औंला काटी दिऊँ
कि यमलोकको टिकट काटी दिऊँ ।

कुम्ले दादाको आदेश आयो—
यसलाई पनि आज राती यहीं रोक र बाँधेर सयकोर्रा ठोक ।
त्यसपछि दश–बाह« बर्षकी बालिका आई
रुँदै कुम्ले दादाको खुट्टा समाई, र भनी—
मालिक मलाई बचाउँनुहोस्
हजुरले भनेपछि मैले पैसो पनि दिएँ
यो कलिलो शरीर पनि दिएँ
हजुरको लागि खेलौना भएँ
हजुरकै आदेशमा देशी बिदेशीको सेवामा पनि गएँ
तर त्यो डेक्चीले मलाई
हरेक रात बलात्कार ग¥यो
मलाई ठुलो अन्याय प¥यो
हजुर जहाँ भन्नु हुन्छ म बसेर माग्छु
नत्र सरकार, यो प्रदेश छोडेर भाग्छु ।

कुम्ले दादाले त्यो फुच्चीको आँसु पुछ्दै भन्यो
त्यो डेक्चीलाई तुरन्त बाँधेर राख आज
त्यसको मर्मत म आपैंm गर्छु भरे साँझ ।
त्यो कुम्ले दादाको पारा गजबको लाग्यो
त्यसको शासनकला झन् गजबको लाग्यो
फुटपाथे ज्योतिषि भन्थे— त्यो कुम्ले दादा
पक्का छ, यो देशको प्रतिष्ठित ब्यापारी बन्छ,
अनि साँसद पद किन्छ, नेता बन्छ, मन्त्री बन्छ
हेर्दै जानुहोला—
एकदिन त्यो कुम्ले दादा
गणतन्त्र नेपालको प्रधानमन्त्री बन्छ बन्छ ।

दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x