साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा थलामा परिन्

Nepal Telecom ad

कल्ले हेरबिचार गर्दछ कठै आमा बिरामी भइन्
चल्नै मुस्किल पक्षघात हुनगै उठ्नै नसक्ने भइन्
बारम्बार शरीर काम्दछ अरे चिप्लेर लिस्नो झरिन्
छानो छैन उदाङ्ग ओत नहुँदा आमा थलामा परिन् ।

लाली छैन मुहार फुङ्ग बिचरा आँखा प्रभाहीन छन्
बोली छैन सिकिस्त छन् र शिर नै लत्री उदासीन छन्
छाती भत्भत पोल्छ लौ न किन हो भन्दै बिलौन गरिन्
डुब्दै सागर शोकमा पिरलिँदै आमा थलामा परिन् ।

सग्ला हात छियाछिया छ उनका रक्ताम्य छन् पाखुरा
फोक्सोमा अबरुद्ध सास अधुरो चल्दैन नाडी पुरा
फुट्दै फुट्न सकेन वाक्य उनको आँखा नराम्रो गरिन्
आफ्नै जीर्ण शरीर थाम्न नसकी आमा थलामा परिन् ।

छोरीको घरबार ध्वस्त हुनगै भत्केर छानो झर्यो
छोराका परिवार बेखबर छन् अन्यौल चर्को पर्यो
बन्दै पर्वत कोखकी हिमनदी पग्लेर आँखा भरिन्
आफ्ना सन्तति सम्झिई विरहिणी आमा थलामा परिन् ।

यो संवेदनशील काल गतिमा छोरा अघोरी जति
गोही झैँ मुख बाउँदै सदनमा कुम्ल्याउँछन् ओखती
यस्ता निन्दित कार्य हेर्न नसकी फर्केर कोल्टे सरिन्
छोराकै बदनाम शासन हुँदा आमा थलामा परिन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x