साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काट् बाबु काट् !

Nepal Telecom ad

काट् बाबु काट्
कलमले काट्
डटेपनले काट्
सिसा कलमले काट्
जसरी पनि काट्
तैँले मात्र भ्याइनस् भने
भाइलाई पनि बाँड् ।
भोलि कापी बुझाउनु छ
बरु बहिनीलाई पनि बाँड् ।

तँलाई र भाइलाई
हाफ प्यान्ट सर्ट किन्दिम्ला
बहिनीलाई पनि
मिनी स्कर्ट सिदिम्ला
कलेज जान नसके पनि
जाँचकी हुन पाछस्
जागिर नभए पनि
घरमा बसी बसी खाछस्
काट् छोरा काट्
हँसियाले झै काट्
कटारीले झै काट्
साँझसम्म सक्नुपर्छ
तैँले मात्र सक्दैनस् भने
काकीलाई पनि बाँड् ।

पहिले
राम्रा राम्रा अक्षरवाला एकातिर
पछि नराम्रा जति सबै अर्कातिर छाँट्
कसले कति लेखेको छ
बित्ताले नापीनापी काट्
धेरै लेखेको भए धेरै
थोरै लेखेको भए थोरै
जसरी पनि सक्नुपर्छ बोरै
गर्मीले पाक्या भए कोक खा
थाक्या भए अरु थोक खा
मेरो त आज पनि सेमिनार छ
काट् छोरा काट
बरु एक्लै सक्तैनस् भने
साथीलाई समेत बाँड् ।

पुर्पुरोमा लेखेको भए पास होलान्
नत्र तँ जस्तै फेल होलान्
सरकारले न जागिर दिने
बिरोजगारको न भत्ता दिने
खाली धर्ना दिनेलाई
टियुले कति भर्ना लिने ?
परीक्षार्थीले कापी पाउँदैन
रिटोटल गरे यो भन्दा धेरै आउँदैन
पुरपुरो त लेखेरै आ’छस्
बाह्र पास नगरे पनि
बिएको कापी काट्न पाछस्
काट् छोरा काट्
एक्लै सक्दैनस् भने
पल्नो कोठामा बस्ने अन्टीलाई बाँड्
तल्लो कोठामा बस्ने घन्टीलाई बाँड्
भोलि त कापी बुझाउनु छ
साँझसम्म जसरी हुन्छ काट ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x