साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोराको बिहे

Nepal Telecom ad

छत्तिस वसन्त काटेको छोरो
बिक्ने जनशक्ति हो,
हेर्दा लायक, लक्का र जवान छ
पुरुष पनि हो ।
विवाहका लागि मसँग सम्पति पनि छ
घरव्यवहार मिलेकै छ
नाताकुटुम्ब पनि बाक्लै छन्
कन्या नदिएका पनि हैन
तर,
छोरो एकल छ
बाबुको मन न हो
कहिले सोच्छु तेस्रो लिङ्गि त हैन
कहिले काहिँ त निद्रा लाग्दैन
कहिले सोध्छु तेरो लभ परेन ?
चिन्ताले हर्काछु, बिहे गर्दैनस्
ऊ भन्छ बा, सुकन्या खै ?
सारा डुली सक्यौं,
सबैलाई सोधिसक्यौं
दर्जनौ देखाइसक्यौं
अहँ कसैलाई मन पराउँदैन
किन भनेर सोध्यो
उसको जबाफ छ, बा सुकन्या चाहियो ।
कस्ती भन्दा ऊ भन्छ,
फेसबुक नचलाउने,
मोवाइल प्रयोग नगर्ने
व्याइफ्रेन्डसँग डेटिङ्ग नगएकी
कसैलाई धोका नदिएकी
कपाल नकाटेकी, आँखी भौं नखुर्केकी
बैंसमा छाडा नभएकी,
साडीचोलो लगाउने,
बजार नगएकी
सकेसम्म गोठालो नगएकी
सादा, इमान्दार, विवेकी
सके बत्तीस लक्षणले युक्त
सुकन्या पो भन्छ
म भन्छु,
छोरा त्यो त असम्भव
ऊ भन्छ, बिहे गरिदिन नसक्ने कस्ता बा ।
मलाई मरुभूमीमा पानी खोज्न सजिलो छ,
बरु औंसीको रातमा जून भेटिएला
पौराणिक अप्सराको दर्शन पाइएला
मैले योग्य बुहारी पाइन
बल्ल एक कन्या मिलेको थ्यो
उसलाई पनि कोेक्रामा सुताउँदा नै
कुकुरले चाटेको पो अरे ।
अव कसरी प्राप्त गरुँ
चोखो, पवित्र सुकन्या
बरु छोरा अब तँ नागै बस ।
रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x