साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खबरदार, छली र बाहुबली !

Nepal Telecom ad

हामी जनता यतिखेर छली र बाहुबलीकै हली भएकाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको झण्डामा आफूअनुकूल अण्डा पारी डण्डा चलाएर ढलीमली गर्ने झुण्ड बढ्दो छ । आपराधिक झुण्ड नै दलका बक्रतुण्ड र इष्टदेवता बन्न लागेको देख्दा आदर्श, आस्था, सिद्धान्त र दर्शनका पछुवाहरू नेता महासयका पुछुवासम्म बन्न नसक्ने महारोगले भोग गरिसक्यो । ‘दुख पाइस् मङ्गले आफ्नै ढङ्गले’ भन्ने उखान यतिखेर चित्त बुझाउने सिरान र मुहान भएको छ । देशमा शिक्षाको रथ हाँक्ने मन्त्रालयका उच्च प्रशासक दसैंको तामसी भोजनले विचेत बनेर कुपथतिर लागेकै कारण “भोकेसनल एण्ड टेक्निकल एजुकेसन फर टिचर अफ नेपाल” जुन दश जना शिक्षकलाई चिनियाँ संस्थाले दिने तालिममा उपसचिव, उपनिर्देशक लगायका शर्महारा कर्मचारीहरूलाई शिक्षक बनाएर पठाउने कसरत भयो । विदेशीहरूले दिने तालिममा यस्तो निल्र्लज्ज भएर नग्न रुपमा प्रस्तुत भई नियम कानुनै भग्न बनाउने कुचेष्टा हुन्छ भने अन्यमा के चाला ? अस्ति भर्खर ‘भ्रष्टाचारीलाई कीरा परोस्’ भन्ने भोटो भिर्नेहरूले ‘भ्रष्टाचारी हीरा परोस्’ भनेर सच्याउँछन् क्यारे मनमनै । ‘यस पटकलाई यस्तै भयो अर्को पटक मिलाउँला’ भन्ने चाटुकार महाप्रशासक पाँडेका गाँडे कुरा शिक्षा जगत्कै हाँडे रोग हो । यसरी सामुदायिक विद्यालयका शिक्षकलाई दिइने प्रशिक्षणमा मन्त्रालयले कर्मचारी पठाएर दिउँसै रात पार्ने छली कुकाम गरेर व्यक्तिगत शुभ लाभ कति ग¥यो त्यो भोलिको दिनले बताउला ।
उता आफ्नै सरकार अन्तर्गतको पुलिस प्रशासनले भएभरको प्रमाण बटुलेर मुद्दा पेश गर्दा त्यसलाई धोती लगाई दिएर आँखाको मोती गुमाउनेहरूले सुशासनको ढोलक बजाएर विदेशीहरूसित ‘ओलक बम बम !’ गर्न कुन हैसियतले धान्ला ? सर्वस्वसहित जन्मकैद (सर्वोच्च न्यायपालिकाको निर्णय) लाई बेवारिस बनाएर कानुनी शासन र दण्डहीनताको अन्त्य गर्छु भनेर डमरु बजाउनेहरू ललिपप बेचुवाको जस्तै व्यापारिक बाजा बनाएर डमरुकै हुर्मत लिँदै छन् । ‘ठूलालाई चैन सानालाई ऐन, नेपालको कानुन दैवले जानुन्’ लाई पुष्टि गर्दै सभासद् ढुङ्गेल जो संसद परिशरभित्रै रिङिरहेका छन् उनलाई पक्रन नसक्ने बहादुर पुलिस देख्दा “हम बहादुरीके साथ सुशासन से पिछे पिछे हट रहा है” भन्ने सङ्केत त सरकारले गरेको हैन ? सर्वोच्चको फैसलामा सइसला खेलेर कार्यपालिका नै बेखबर हुने क्रियाले सरकारका तीन अङ्गको शक्तिसन्तुलनलाई आत्मा ठान्ने ‘लोकतन्त्र’ खोकतन्त्र धम्कीतन्त्र हुँदै ब्रेन ह्यामरेज जिब्रो त टोक्ट्दैन भन्या ?
प्रहरी प्रधान कार्यालयले त्यत्रो बथान पुलिस पालेर पनि राजधानी मै निर्धक्क घुमफिर गरिरहेका बालकृष्ण पुलिसले नदेख्नु भनेको बालहठ वा सबैलाई दिवान्धो तथा रतन्धोले दृष्टिशक्तिमा शासकभक्ति पलाएको आशक्ति त हैन गाँठे ! उता पार्टीको झण्डा ओढेर भर्खरै गोले लगायतका को कोँ होले पुरातात्विक बुद्ध मूर्ति बोकेर कुलेलम ठोकेछन्, पुलिस प्रशासनले यिनलाई चैं झुक्किएर समाते छ कि क्या हो ? कीरा पर्ने भोटो लगाएर फोटो खिचाएका भूमिसुधार मन्त्रालयका ‘झा’ बा ले आठ लाख घुस थमाएको समाचार छिरिल बिरिल हुन पुगेको छ । दिनदहाडै राजधानीको मुटुमा फैजान अहमदको हत्या हुँदा सरकार निरीह र तमासे भएर जागिर खानै अलमस्त । दादा, डन, अपराधी एवं आततायी राक्षसी वृत्तिलाई राजनीतिक जामा पहि¥यादिएर धमाधम राजनीतिजस्तो प्रधान राजमार्गलाई भत्काउने अराजकतावादीलाई थाम्न जनता कति दिन ढाल बनि रहने ? ‘जुन जोगी आयो कानै चिरेका, ताक परुन्जेल तिवारी त्यसपछि गोतामे’ बन्ने नेपालका अगुवाहरूको भगुवा, हचुवा र हगुवा ताल देख्दा मुटुनै चिरिन्छ बा ! सधैं जम्बु छली स्याल, र यिनै हिंस्रक बाहुबली बाघका हली भएर बस्नै पर्ने लेखेको हो त निधारमा ? लोकतान्त्रिक आचारणमा न्यायिक एवं सामाजिक समानताका कुराहरू के गफ रफ र अफवाह मात्रै हो त ? छली र बाहुबलीका हली बनेर जनता अब बस्दैन । छली र बाहुबलीको ढलीमलीलाई ढल बनाउने महाबल छ जनतामा खबरदार ! छली र बाहुबली !
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x