साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हनुमानाष्टक

Nepal Telecom ad

रणतन्त्र गयो, गणतन्त्र रह्यो
शिरपेच गयो तर मेच रह्यो
बलराम गए छलराम रहे
किन ईश्वर राम हराम भए ?

अवतार बताउ सही ठहरे
मनले भनुँला भज राम हरे
युग ईश्वरका अब स्वर्ग गए
यस मण्डलमा हनुमान रहे ।

बल तागत दम्भ सबै जति छन्
हनुमानसितै नभनुँ कति छन् !
तहका तह औ थरका थर छन्
अनि पुच्छरका पनि पुच्छर छन् ।

हनुमान भएन बने विचरा !
कसरी हुनु राम महान बरा !?
बलवान छ रावण लड्नु पर्यो
मतका शर हुन् बुझ बढ्नु पर्यो ।

अब राम जपेर हुँदैन अरे !
हनुमान जपीकन पार तरे
भगवान भए गतिहीन खडा
हनुमान भएछ बडो तगडा ।

जसको दम जोड र तागतले
नहुने पनि काम हुने छलले
जसरी पनि मालिक मख्ख परोस्
हनुमान चरित्र अरू कुन होस् ??

म, उनी र तपाइँ सबै स्थलका
विनसित्ति समर्थक छौँ दलका !!
दल नै हनुमान बनी रहँदा
अति कष्ट भएछ सबै सहँदा ।

अधिकार कहाँ छ कुरै नगरौँ
अतिचार यहाँ छ वयान गरौँ
गणतन्त्रविषे नवमन्त्र थपौँ–
‘हनुमान भजौँ, हनुमान जपौँ ।’

बम्घा, गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
चैते नेता

चैते नेता

काशीनाथ मिश्रित
पर जा तन्त्र

पर जा तन्त्र

काशीनाथ मिश्रित
जनता जनार्दन

जनता जनार्दन

काशीनाथ मिश्रित
कागलाई बेल पाक्यो हर्ष न विस्मात !

कागलाई बेल पाक्यो हर्ष...

काशीनाथ मिश्रित
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x