साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काग कराइरहन्छ, पिना सुकिरहन्छ

Nepal Telecom ad

डा. गोविन्द केसीको छैटौँ अनशन पनि सरकारसँगको छैटौँ सम्झौतापछि तोडियो । छैटौँ सम्झौताबाट त्रस्त केही निजी क्षेत्रका मेडिकल कलेज सञ्चालकहरू भने सम्झौताविरुद्ध आन्दोलनमा उत्रिएको कुरा सुनिँदै छ । सरहरूलाई आन्दोलनमा गइराख्ने दुख गर्नु पर्दैन भनेर सम्झाउनुपर्ने भो । ६ महिनापछि वा अझ छिट्टै डा. केसीको सातौँ अनशन हुनेछ । उनका मागहरू पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ अनशनका जस्तै वा केही थपथाप हुनेछन् ।

सातौँ अनशनमा पनि उनले सुरुमा सरकारसमक्ष मागहरू राख्नेछन् र माग पूरा नभए अनशन बस्ने चेतावनी दिनेछन् । सरकारले उनी अनशन बस्ने कुरा नपत्याउने त कुरै भएन तर यिनको कुरा एक कानले सुनेर अर्को कानले उडाउनेछ । केही दिनमै उनी शिक्षण अस्पतालको एउटा बेडमा ओछ्यान लगाएर बर्लङ्गै पल्टिनेछन् । उनका समर्थकहरू ‘सर अघि बढ्नोस्, साथ दिने हामी छौँ’ भन्दै उसै गरी वरिपरि झुम्मिनेछन् । सरकारले सञ्चार माध्यमबाट उनलाई अनशन तोड्न आग्रह गर्नेछ । उनले पनि एक कानले सुनेर अर्कोले उडाउनेछन् । बरू ज्यानै जाओस् तर सरकारलाई नझुकाई उनी उठ्ने छैनन् । १०, १२ दिन भएपछि उनको स्वास्थ्य गम्भीर भएको भनेर पत्रपत्रिका, टेलिभिजन वा रेडियोहरूले भनेपछि र मानव अधिकारकर्मीहरू पनि सक्रिय भएपछि सरकारले उनीसँग वार्ता गर्न कुनै मन्त्रीलाई पठाउनेछन् । धोकेवाज सरकारका मन्त्रीतिर डा. केसीले फर्केर पनि हेर्ने छैनन् । त्यसमा पनि आफूले राजीनामा मागेका मन्त्री नै वार्ता गर्न भन्दै आउँदा कति रिस उठ्ला !

डा. केसीको अवस्था जीवन र मृत्युको दोसाँधमा पुगेको समाचार आउन थालेपछि सरकारले केसीलाई मनपर्ने अधिकारीहरू सम्मिलित टोली गठन गरेर वार्ताका लागि पठाउनेछ । एउटा सिंगै राज्य एकातिर, एक जना डाक्टर एक्लै अर्कातिर । तर पनि डाक्टर नै भारी । ल हेर्नूस्, कति शक्तिशाली डाक्टर, कति निरीह सरकार, हाम्रो नेपालमा ।

टोलीले डा. केसीलाई बिन्तीभाउ गर्नेछ । पटक–पटक धोका खाएका उनले बिन्ती किन सुन्थे, पहिला पहिलाजस्तै लिखित रूपमा माग पूरा नगरी हलचल नगर्ने अडान राख्नेछन् । एक–दुईपटक वार्ता विफल भएको समाचार बाहिर आउनेछ । डा केसीले नयाँ र अझै कडा माग थपेर तेस्र्याएपछि बल्ल सरकार आत्तिनेछ । तैपनि, सकभर उनलाई माग पूरा गर्ने आश्वासन दिएरै अनशन तोडाउने प्रयास गरिनेछ । केसी थप क्रुद्ध भएपछि लाचार भएर सरकारले सातौँपटक घुँडा टेक्नेछ र उनका सबै माग पूरा गरेको सम्झौतापत्रमा सहीछाप गर्नेछ । डा. केसीले नेताहरूको भाषा सापटी लिएर तीन करोड जनताको साथ पाएर आफूले विजय हासिल गरेको भन्नेछन् ।

प्रधानमन्त्री सुशील कोइरालाले बारम्बार भन्ने गर्नुभएको ‘विन विन’को अवस्था भनेको यही रहेछ । एक पक्षले सरकारलाई झुकाउनु छ, झुकाएकै छ । अर्को पक्षलाई अनशन तोडाउनु छ, तोडाएकै छ । यी काम परम्परागत रूपमा यसरी नै सम्पन्न हुँदै आएका छन् । सातौँपटक नहुने कुरै छैन । त्यसैले माथेमा प्रतिवेदन लागू होला भनेर आत्तिएका सरहरू ढुक्क भए हुन्छ । माथेमाहरू कराइरहन्छन् । प्रतिवेदनहरू हराइरहन्छन् । केसी रोइरहन्छन् । माफियाहरू हाँसिरहन्छन् । अनशन चलिरहन्छ । सम्झौताहरू भइरहन्छन् । काग कराइरहन्छ । पिना सुकिरहन्छ । हाम्रो नेपालमा ।

नेपाल, भाद्र ३१, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x