साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोसको जोस

Nepal Telecom ad

सामान्यतया बोस भन्नाले दादाप्रधान वा छाडाप्रधान प्राणी भन्ने बुझिन्छ भने जोसचाँहि उसको बानी ब्यहोरा । तर यहाँ बोसको चर्चा अलिक भिन्न किसिमले गरिएको छ ।

धर्तीमा कोटि कोटि किसिमका प्राणीहरू पाइन्छन् । पशु पक्षी, थलचर, जलचर, दिवाचर वा निसाचर भाँती भाँती प्राणीहरूको ताती नांगो आँखाले देख्न सकिन्छ । यिनै प्राणीहरूको अगुवालाई शंखघोषका साथ बोस भन्ने गरिन्छ । जे होस् मुण्डा, चिण्डा तथा चुल्ठे गुण्डाको प्रमुखलाई पनि आधुनिक भाषामा बोस भन्ने गरिन्छ । यस शताब्दीमा बोसको जोस चाल नपाउनु भनेको सामान्यतया होस हराउनु वा बोस मन नपराउनु हो ।

संसारका सबै मान्छेहरूलाई आइमाईले नै जन्माएको भए पनि तिनको रूपाकृति भिन्नता भनिनसक्नु फरक हुन्छ । नेपालका बोस, चिनका बोसजस्ता हुँदैनन् । चाइनिज बोसहरू कोरियन बोससँग ¥याङको ठ्याङ मिल्दैनन् । भारतीय बोस, पाकिस्थानी बोस जस्तो हुँदैन । इराकी बोस, अमेरिकन बोस र कोरियन बोसको भिन्नता आकाश जमिनको हुनसक्छ । यसप्रकारले वर्णन गर्दा अप्ठ्यारो नमानी ठोकुवा गर्नै पर्ने हुन्छ । बोसको जोस पनि पृथक् पृथक् हुन्छ ।

पार्टी सभापतिको बोसको जोस संसदीय दलको बोससँग मिल्दैन । प्रधानमन्त्रीको बोसको जोस मन्त्रीहरूसँग मिल्दैन । कुनै कुरा कुनै पनि कार्यसँग मिल्दैन भने त्यहाँ शतप्रतिशत फाटो हुन्छ । यसरी एउटा बोसको जोसको कारण अर्को बोसको मुख बांगिनु वा आन्द्राभुँडी नांगिनु राजनीतिमा स्वाभाविक मानिन्छ । आफ्नो जोसको कारण आफन्त देश तथा विश्व नै कुरूप देखिन्छ भने छिमेकीको घरमा किन आगो सल्काउने ? छिमेकीको घरमा आगो झोस्दा धुवाँको मुस्लो आफ्नै घरमा पस्छ भन्ने कुरा विभिन्न जात तथा स्तरका बोसहरूले बुझ्नै पर्ने समयको माग छ ।

अन्य ऋतुमा बोसलाई पर सारेर पनि चुनावी ऋतुमा बोसको जोसको फल अन्यन्तै स्वादिष्ट मानिन्छ । बोसको जोस प्राप्त्यर्थ फलफूल तथा भेटी वा बेटी टक्र्याएर अपूर्व दत्तचित्तका साथ यिनको आराधना तथा उपासना गरिन्छ । जसको धङधङी बोसको ब्रेनमा अर्काे चुनाव नआएसम्म रहिरहन्छ ।

मूर्धन्य नेताको सिँदूर पहिरेका राष्ट्रिय स्वाँठ बोसको जोसको दरकार स्थानीय तथा राष्ट्रिय सरकारमा पर्छ । जब जब नेताको अस्तित्व र अस्मिता सङ्कटमा पर्छ, तब तब बोसको जोस चलायमान हुन्छ र सङ्कटमोचनका भँड्खालाहरू तयार गरिन्छ । प्रस्तुत उपाय एवम् च्याँखे इतिहासले पनि देखाइसकेको छ र वर्तमान विश्वको राजनीतिक सरगर्मीले पनि त्यही सिकाउँछ । यसमा सरकार, बोस र प्रशासनको मुख्य भूमिका हुन्छ ।

एक दशक लामो प्रजातान्त्रिक अनुभवमा साधुको शैलीमा छद्मभेषी बोसहरूले अनेक शैलीकासाथ आफ्नो जोसको आहुती कृपापूर्वक गरिराखेका छन् । यस्ता कुकृत्यलाई जनताले उकुस मुकुसका साथ वरण गरिराखेका छन् । नेता प्रहरी प्रशासनको काखमा लुटपुटिने बोसको जोसको संस्कारलाई अन्यथा मान्नु स्वयंमा घात वा लात सृजना गर्नु हो ।

बोसको जोससम्बन्धी अनुभव सँगालेर, बोस बन्धुलाई अँगालेर, समाजमा शैतानको शैलीमा ताण्डव नृत्य देखाउने बानी परेकाहरू जस्तोसुकै सत्ता आए पनि भत्ता छोड्दैनन् । बोसको जोस मूल्यवान् हुन्छ । आवश्यक मूल्य चुक्ता गरी निरीह निमुखाको हुर्मत लिनु बोस बन्धुको कूलायन धर्म हो । तथापि बोसको जोस जबसम्म मात्र जारी रहन्छ, तबसम्म बोस विना बैशाखी चौतर्फी लर्खराउन सक्छ । यावत् कृत्य गर्दागर्दै बोसको घाटी बस्ने, मासी गल्ने, रसिला, जोसिला, तिघ्रा सुक्ने र कालान्तरमा दुनियाँले थुक्ने गरे पछिमात्र यत्नपूर्वक बोसको इहलोक समाप्त हुन्छ र परलोकको दावेदार बन्छ ।

टोल–टोल, गल्ली–गल्लीमा बोसको जोस देख्दा मुखबाट ¥याल आए पनि डरले झ्याल लाए पनि, मौरीको बोस रानु, पिंडालुको बोस गानु, केही छैन मरिलानु भन्दै मुखमा मज्जाको बुजो हालेर जिउनु जस्तो सरल सहज र सही कृया विज्ञबाट प्रमाणित भएन ।

फुलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
असली आर्थिक गणना दुई हजार तिरासी

असली आर्थिक गणना दुई...

शेषराज भट्टराई
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x