प्रेम ओली ढकलपुरेबलात्कारीको बयान
माया गर्छु भन्दा मानिन्
लब गर्न पनि जानिन
धेरै फकाइरहन ठानिन
बाटो घाटो ढुकेकै हो
गाला उसको टोकेकै हो
बलात्कार पनि गरेकै हो
झेलमा पनि परेकै हो
बाले यसो पैसो थमाइ दे
जजले पनि सफाइ दे ।
ठुलोलाई नसकेपछि
सात वर्षकीलाई छान्या हो
झाडीतिर लगेर तान्या हो
खोल्छे कुरो ठान्या हो
टाउकोमा ढुङ्गाले हान्या हो
बलात्कर पनि गरेकै हो
झेलमा पनि परेकै हो
नेता फोन गुमाइ दे
फैसला मेरै सुनाइ दे ।
ठुलीलाई पनि आँटेकै हो
पेटिकोट पनि फाटेकै हो
अदालतमा सबै ढाँटेकै हो
बलात्कार पनि गरेकै हो
झेलमा पनि परेकै हो
बाले खनखनी दाम गनाइदे
जजले निर्दोष बनाइदे ।
पहिले त खुबै फकाको हो
जबरजस्ती उसलाई भगाको हो
हनीमुन पनि मनाको हो
जबरजस्ती श्रीमती बनाको हो
मन्त्रीले फोन गुमाइदे
जजले पनि सफाइ दे
मुद्दा हाल्ने केटीलाई
गाउँबाटै नै धपाइ दे ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































