साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कस्तो नाकाबन्दी !

Nepal Telecom ad

स्वतन्त्र घरमा बस्ने ससाना शिशु सन्तति
आफैँले घरको खाना खान खोज्छन् यताउति ।
कहिले फल आफैँले टिप्छन् ती रूखमा चढी
जेजस्तो घरको वस्तु त्यस्तै खान्छन् लडी लडी ।

कहिले थालमा टम्म खाना नै नहुँदा पनि
हँसिला फुर्तिला हुन्छन् छैन क्रोध कतै पनि ।
जब आफैँ मिली खाना राम्रा ती परिकारका
पकाई खान पस्किन्छन् सहजै अधिकारका ।

नाकाबन्दी कहाँ बुझ्नु चासो छैन कुनै कुरा
जेजस्तो घरको वस्तु त्यस्तै ठान्छन् पुरा पुरा ।
धनीले कसरी खान्छन् के चासो तिनको रहोस्
आफूले खान जान्नु वा पेट आफ्नो पुरै रहोस् ।

धारामा जल नै छैन अन्न छैन भँडारमा
आगो फुक्न नसक्ने झैँ छैन इन्धन साथमा ।
नाकाबन्दी अरे सुन्छन् शिशुको अधिकारमा
धन्य हे ! भाग्यका स्वामी प्रभुझैँ शिशु द्वारमा ।

नाकाबन्दी गरी कस्तो सान तिम्रो बढाउँछ
भोका शिशु निमोठेर श्रेष्ठ को बन्न पाउँछ ।
शिशु संसारको आफ्नो छुट्टै सुन्दर विश्व छ
घमण्डले कहाँ छुन्छ आस्था विश्वास स्वर्ग छ ।

गर्व कस्तो कहाँ तिम्रो अहङ्कार दरिद्रता
अरूको कुभलो गर्दै बाहिरी मन्द शिष्टता
स्वस्थ शिशु निमोठेर कस्तो न्याय हुँदै छ यो
नाकाबन्दी गरेँ भन्छौ न्याय लज्जा कता गयो ! ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x