साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उल्टो हिँडे मोदी

Nepal Telecom ad

सास पनि फेर्नुपर्ने सधै उनलाई सोधी ??
के ठानेको के पो भए ऋषि–मने मोदी ?

हेप्ने चेप्ने गए दिन समान हौँ सारा
हक लाग्छ हाम्रो पनि सूर्य–चन्द्र–तारा ।

हाम्रो घरको हिसाब हामी सक्छौं मिलाउन
फाटेका ती मनहरू सक्छौं सिलाउन ।

छ लफडा अनेक थरि तिम्रै घरभित्र
अलि राम्रो बनाउनू बरु आफ्नै चित्र ।

भुसुनाले हात्तीलाई सक्छ रुवाउन
जानेको छ गोर्खालीले लोप्पा खुवाउन ।

हेर हाम्रो इतिहास, पढ राम्रोसित
गाएका छौं सधैंभरी आजादीको गीत ।

लडेका थे तिम्रा लागि हाम्रा दाजु भाइ
बडो साधु बनेकाथ्यौ नेपालमा आई ।

मानवता, भाइचारा सन्सारको रीत
न भूल है छिमेकीले सीताजीको प्रीत ।

लाग्छ प्यारो हामीलाई हाम्रै मादल रोदी
न भनोस् है नेपालीले “उल्टो हिँडे मोदी” ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
लभलेटर

लभलेटर

धनराज गिरी
0
Would love your thoughts, please comment.x
()
x