साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्र मामाको संस्मरण

Nepal Telecom ad

धेरै समय भैसकेको थियो मिश्र मामासँग भेट नभएको । सायद मामालाई वर्तमान राजनीतिले कतै अल्मल्याएको हुन सक्थ्यो । बुझ न सुझ त्यता हराउने मामाको बानी भएको पनि थियो । त्यसैले लामु समय भेट भएन । मामालाई उल्याएर हामीले हाँस्न पाएका थिएनौँ । हिजो बिहान एक्कासी के के गुन्गुुनाउँदै आउँदै गरेको देखियो मामालाई । हामी दम्पति हाँसिहाल्यौँ । हाम्रो हँसाइको प्रमुख कारण हो अब हँसाउने भए मामाले । मिश्रमामाले बहुलट्टी कुरा गरेर नै हँसाउने हुन् हामीलाई । हामीलाई पनि जस्तै भए पनि हाँस्ने बहाना चाहिने हुँदा मिश्रमामा देखेपछि त्यो चाहना पूरा हुने भएर हामी रमाउने गरेका हौँ ।

आज भने मिश्रमामा मुलद्वारबाट प्रवेश गर्नासाथ मेरी श्रीमतीजीको सातो गयो । किनभने उनको अवस्था यस्तो थियो भनेर म भन्न सक्दिन । अस्तव्यस्त थियो । उनी जिभ्रो टोक्दै पल्लो कोठाभित्र पसिन् । मैले हाँस्दै भनेँ– “मामा ! जय नेपाल ।” म यसरी जयनेपाल भन्दै प्रवेशद्वार नजिक पुगेपछि मामाले भन्नुभयो– “अजलान” “जलान” पहिलेदेखि नै हाम्रो समाजमा ओर्लेको शव्द हो । कुनै एउटा साहित्यकारले ओकलेका हुन यो शव्द । उनले जयनेपाल, लालसलाम र नमस्तेलाई यसरी भनेका थिए । यो अजलान सुनेपछि म घोरिएँ । स्वीकारमा ‘अ’थपेर अस्वीकार भए जस्तै मेरो जयनेपालमा अस्वीकारोक्ति प्रकट गरेको हो कि जस्तो लाग्यो । तुरुन्तै अर्कोे कुरा यादमा आयो ‘जलान’मा ‘अ’ थपेर अभिवादन,जयनेपाल, लालसलाम र नमस्ते एक्कै चोटीमा भनेको होला । यसपालीको महाभूकम्पले मिसाएको हुनसक्छ यी चार शव्दलाई भनेर अन्दाज गर्न मलाई गारो परेन ।

यो कुराको एक्किन नहुँदै हामी मामा भाञ्जा कोठातिर लाग्यौँ । बाटोमा पनि म अलिकति ढिलै पाइला चलाउँदै गरेको थिएँ । यस्तो नगर्दा कतै श्रीमतीजी तयार भैसकेकी छैनन् कि भन्ने मेरो मनमा थियो । ढोका नजिक आएर पनि म केही समय उभिएको हुँ । सङ्केत पाएपछि मात्र भित्र छि¥यौँ ।

एक छिन ठट्टामट्टा गरेपछि मामा भाञ्जा अन्य कुरातिर लाग्यौँ । मेरी श्रीमतीजी आउनुभन्दा पहिले नै हाम्रा हाँस्ने कुरा गरेर एक हल्को मजाले हाँस्यौँ । यस्तैमा श्रीमतीजी आइन् । उनले हाम्रो हाँसोलाई के कस्तो मानिन् सोधिएन । हाम्रा कुरा सुनिन् कि भनेर डर भने लागेकै थियो ।

आपसी सञ्चो बिसञ्चोका कुरा भएपछि मैैले भनेँ– “मामा ! के खवर छ त नि हाम्रो देशको ?”
मामाले भन्नुभयो “देशको हालखवर कस्तो छ, त्यो थाहा पाउन मेरो एउटा संस्मरण सुन्नु होस् । त्यसबाट तपाईं स्वतः बुझ्रनु हुन्छ खवर ।”

मलाई म गर्छु आग्राको कुरो मामा गर्छन् गाग्राको कुरो भन्ने उखान नआएको होइन, मनमा आएको हो । तर पनि सुनौँन त नि भनेर संस्मरण छाद्ने अनुमति दिएँ ।

मामाले भन्नुभयो– “एक पटकको कुरो हो । म गोठमा गएको थिएँ । गाइ, गोरु, भैँसी फुकाएर छाडि दिएँ । माली गाईले बहर खोजेको रहेछ । यो कुरो साँढे र बहरहरूले थाहा पाइसकेका रहेछन् । जब हाम्रो तारे गोरुले मालीको पुछर मुनि मुख पुर्यायो नाक ठाडो बनाएर फुरायो । यस्तैमा एउटा मसहुर साँढे मालीको पछाडि पुग्यो । उसले सुँघेको मात्र थियो अर्को साँढे आयो होक्काँ गर्दै ।

अघि अघि माली त्यसपछि साँढे, त्यसपछि अर्को साँढे, साँढे पछि तीन चार गोरु अनि एउटा जोभने बहर ताँती लागेर रहे । माली बिस्तारै अगाडि बढ्यो सबै पछि लागे । माली दौड्यो सबै दौडे । दुइटा साँढे समय समयमा जुध्दै जुध्दै अगि बढ्ने क्रम रह्यो । पहिलो साँढे दोस्रोलाई यसरी लखेट्थ्यो मानौं ऊ उसको शत्रु हो । कहिले फुँ फुँ गरेर तर्साउँथ्यो, कहिले पछि पछिसम्मै लखेट्दै जान्थ्यो र सिङले हान्थ्यो । पहिलो साँढे दोस्रो साँढेलाई लखेट्दै पर पुगेका बखत जोवने दगुर्दै जान्थ्यो र मालीको बुइ चढ्थ्यो । यस्तो पटक पटक भइरहन्थ्यो । पहिलो साँढे माली नजिक हुन पाएकोमा गम्कन्थ्यो । उसले तुक्र्याएको नाकमा थाप्थ्यो ठाडो मुख लगाउँथ्यो । फर्कि फर्कि दोस्रोको सातो खान्थ्यो । दोस्रो भाग्थ्यो । जोवने पटक पटक मौका पाथ्र्यो । पहिलो हेरि रहन्थ्यो । दोस्रो भाग्थ्यो अलिकति गोब्रयाउँथ्यो र भाग्थ्यो । पुनः त्यता जाउँ जाउँ गथ्र्यो तर डराउँथ्यो ।

बुढा गोरुहरू कोही पहिले नै फर्केका थिए । उनीहरूले आस मारेको बुझिन्थ्यो । पहिलो साँढे फूर्ति लगाउनैैमा धेरै समय फाल्थ्यो । दोस्रो असक भएर अर्थात हारेर छेर्दै फर्कन्थ्यो । पुनः उतै जाने रहर गथ्र्यो । बहर अर्थात जोवने बहर पटक पटक लक्ष साध्न पाइरहेको हुन्थ्यो । अहिले मैले त्यस्तै देखेको छु नेपाली राजनीतिमा ।
मामाको कुरो टुङ्ंिगन पाएकै थिएन । म खित्का छोडेर हाँस्न खोज्दै थिएँ । मेरी उनले चिया नास्ता लिएर आइन् । त्यस पछि भने हामी मामा भान्जा तैँ चुप मै चुप ।

३० भदौ २०७२
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
0
Would love your thoughts, please comment.x
()
x