सुलसुलेमह जोडीलाई ‘कला रत्न’ उपाधि
काठमाडौँ । नेपाली हास्य क्षेत्रका चर्चित जोडी तथा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘कला रत्न’ उपाधिबाट सम्मानित भएका छन् ।
नेपाल चलचित्र प्राविधिक सङ्घको आयोजनामा बिहीबार कतारमा सम्पन्न ‘आठौँ नेफ्टा फिल्म अवार्ड’मा उनीहरुलाई नेपाली कला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएकाले उक्त उपाधि प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अथिति सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले महजोडीलाई उपाधि प्रदान गरे ।
यसअघि यो उपाधिबाट नीर शाह, राजेश हमाललगायतका वरिष्ठ कलाकार सम्मानित भइसकेका छन् । कार्यक्रममा कलाकारद्वय शाह र वसुन्धरा भुसालले कवितामार्फत देश दुखेको र बनेको कुरा सुनाएका थिए ।
नेपाली चलचित्रको विश्वव्यापीकरण गर्ने उद्देश्यले विदेशी भूमिमा ‘अवार्ड’ वितरण गरिएको प्राविधिक सङ्घका सदस्य गीता पौडेलले बताए ।
Subscribe
Login
0 Comments
Oldest












































