साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब उत्तरका नाका खोलाऊ

Nepal Telecom ad

बोल लिखुरे नेता अब बोल
यही हो हाम्रो मौका पनि
अब उत्तरका नाकाहरू खोल ।

तराईका डोजरहरू
गाउँका ट्याक्टरहरू
सबै उत्तरतिर चलाऊ
रातदिन पहाड खनेर
उत्तरका नाकाहरू खोलाऊ ।

पदको लागि तिमी
कसैको कुकुर बन्नु हुन्न
सधैं आफ्नाे स्वार्थ हेर्नेलाई
अब मित्र भन्नु हुन्न
बृटिसले गरिदिएका थोत्रा सन्धिपत्र
अब सबै जलाऊ
हाम्रो लागि यो अवसर पनि
अब उत्तरका नाकाहरू खोलाऊ ।

जनताहरूलाई बोलाऊ
नेताहरूलाई बोलाऊ
राष्ट्र सेवकहरूलाई बोलाऊ
कमिला जस्तै लागेर
माहुरी जस्तै जागेर
रातारात उत्तरको नाका खुलाऊ ।

फेरि कुनै लालचमा नपरेर
अब दक्षिणलाई नढोक
अब उसलाई सलाम नठोक
रातारात पहाड छेडेर
अब उसलाई चक्मा दिनुपर्छ
राष्ट्रको लागि लड्नेलाई तक्मा दिनुपर्छ
देश टुक्राउन खोज्ने विभिषणलाई
बरु वार्तामा नबोलाऊ
यो एउटा मौका पनि हो
अब जसरी हुन्छ
उत्तरका नाकाहरू खेलाऊ ।

दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x