साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुम्रा मिटिङ

Nepal Telecom ad

जुम्रा विभिन्न जातका छन्
विभिन्न भातका छन्
विभिन्न रङका छन्
कोही काला छन्, कोही सेता छन्
अनि कोही राता पनि छन्
जस्ता रङका भए पनि, जस्ता जातका भए पनि
स्वदेशी भएपनि, विदेशी भए पनि
जुम्राको काम एउटै हुन्छ
जुम्राको विशेषता एउटै हुन्छ
जुम्राको उद्देश्य एउटै हुन्छ
त्यसैले त यहाँ जुम्रा मिटिङ सधंै हुन्छ ।

जुम्राको सङ्गत गरिबसँग हुन्छ
गरिब, दुःखी असक्त र असहायहरूको
टाउकोमा जुम्रा हुन्छ, घाँटीमा जुम्रा हुन्छ
अनि कपडामा पनि जुम्रा हुन्छ ।
तिनै जुम्राहरूले चुसीचुसी उनीहरूको मृत्यु हुन्छ ।
गरिबलाई रगत चुसीचुसी मार्ने अनि
नयाँ गरिबहरूमा प्रवेश गर्ने भन्ने
जुम्रा मिटिङको प्रमुख एजेण्डा हुन्छ
जुम्राहरू रगत चुस्न पाएपछि
आफ्नो जात विर्सन्छन्,
आफ्नो सभ्यता र संस्कृति बिर्सन्छन् ।
आफ्नो कुल, धर्म, संस्कार सबै बिर्सन्छन्
स्वदेशी जुम्रा होऊन् वा विदेशी
आफूहरूले शासन गर्ने सवालमा एकमत हुन्छन्
अरु प्राणीले जस्तो मिटिङमा हिटिङ गर्दैनन्
चर्का नाराबाजी र ठूला विज्ञापन पनि छाप्दैनन्
चुपचाप मौन स्वीकृत लिन्छन् र
शासनमा सरिक हुन्छन् ।

उत्तम हुन्छ जुम्राको शासन,
शासनमा सर्वश्रेष्ठ हुन्छन् जुम्राहरू
किन कि तिनीहरूको प्रत्यक्ष शासन
डाइरेक्ट टाउकोमा हुन्छ
पाए र सकेसम्म
आफ्नो सरकारले धानेसम्म
उनीहरू टाउको छाडेर, शरीरतिर झर्दैनन्
त्यसैले त जुम्राहरू कहिल्यै पनि मर्दै–मर्दैनन् ।

आजभोलि समय आधुनिक भएर होला
जुम्रा मिटिङले निकै ब्यापकता पाएको छ
सवारमा हुन्छ जुम्रा मिटिङ
दरवारमा हुन्छ जुम्रा मिटिङ
घरवारमा हुन्छ जुम्रा मिटिङ
गेटमा हुन्छ जुम्रा मिटिङ
जेटमा हुन्छ जुम्रा मिटिङ
यत्रतत्र सर्वत्र जताततै
फस्टाएकै छ जुम्रा मिटिङ ।

जुम्रा पाल्नु हाम्रो सनातन धर्म
आफ्नै टाउकोको जुम्रालाई माया गर्छौं हामी
जुम्राले टोकेर टाउको चिलाउँछ
तर हामी भने
मयल परेर होला भनी
बसाउने साबुनले टाउको धुन्छौं
विदेशी तेल घस्छौं र जुम्रालाई
चिरीच्याट्ट पार्छौं ।
जुम्राले आफैलाई सिध्याउन लागे पनि
उसको दोष देख्दैनौ हामी, जुम्रा जुम्रा नै हो
सवैमा सर्वश्रेष्ठ प्राणी
टाउकोमा बस्ने प्राणी ।

वालिङ, स्याङ्जा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना छोरी !

जन्मदिनको शुभकामना छोरी !

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x