साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्ती कविगोष्ठीको ३५ औँ घुमाइ

Nepal Telecom ad

काठमाडौं २०७२ असोज ९ । ३५ औँ घुम्ती कविगोष्ठी सम्पन्न भयो । मिडिया भिजन नेपालको कार्यलय माइतीघर, काठमाडौँमा मञ्जुश्री प्रधानको आयोजना तथा अध्यक्षतामा २४ जना कवि कवयित्रीले कविता वाचन तथा गजल वाचन गरे ।

प्राध्यापक पीताम्बर शर्मा दाहालको प्रमुख आतिथ्य तथा महाकवि भुवनहरि सिग्देल, प्राज्ञ सभा सदस्य रामपुजन ठाकुर, मणिराज सिंह, पवनकुमार बुढाथोकीको आतिथ्यमा सम्पन्न यस कार्यक्रममा अतिथि लगायत रामचन्द्र दाहाल, ओमप्रसाद कोइराला, रामकुमार पण्डित, परशुराम पराशर, बालमुकुन्द कार्की, सुशीला खड्का हसिना, भिजन गुरागाइँ, रोहित कार्की, मोहन मल्ल, गौतम सिलवाल, डिल्लीप्रसाद मूलतिहुन, धर्मेन्द्र यादव ‘सदावहार’ र सङ्गीता श्रेष्ठले कविता वाचन गरेका थिए ।

वाचित कविताको समीक्षा कवि परशुराम पराशरले गर्नुभयो । यसै गोष्ठीमा शारदा पराजुली र इन्दु अंशुले सस्वर गजल वाचन गरेका थिए । वाचित कवितामा राज्य सीमाङ्कनका कुरा, तराई आन्दोलनका कुरा र भारतले गरेको नाकाबन्दीको विरुद्ध एकजुट हुने सन्देश बोकेका र समसामयिक विषयवस्तु समेटिएका थिए ।

गौतम सिलवालको उद्घोषण रहेको यो गोष्ठीलाई रामकुमार पण्डित क्षेत्रीको स्वागत मन्तव्यबाट सुरु गरिएको थियो भने बालमुकुन्द कार्कीको धन्यवाद ज्ञापनमा पुगेर समापन गरिएको थियो ।
–परशुराम पराशर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x