साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घण्टी बजेपछि !

अब हाम्रा पौरखी रहर जाँगर अल्छिको फिँजारेर, आकाशबाट विकास बर्सेको डोकोमा थाप्नुछ । शुख, शान्ति र समृद्धिको सपना सानो पलाष्टिकको पोकोमा राख्नुछ ॥

Nepal Telecom ad

गायत्री लम्साल :

स्कुल शुरु हँदा घण्टी बजाइन्छ
स्कुल छुट्टी हुँदा पनि घण्टी बजाइन्छ ।
घण्टी घण्टी नै हो,
जुन चोर बाख्राको घाँटीमा झुण्ड्याइन्छ
अनि पूजाकोठीमा समेत बजाइन्छ ॥
घण्टीको आवाज उस्तै हुन्छ
तर,
चोर समाउन पनि घण्टी बजाइन्छ
अनि चोर छुटाउन पनि घण्टी बजाइन्छ ।

हामी सबै घण्टी प्रेमी
हामी सबै घण्टीका भक्त,
हाम्रा पुस्तौँ अगाडिका पुर्खाले
मस्तले घण्टी बजाउनुभयो,
भक्तजनहरुलाई मख्ख पारेर,
कोतपर्व र भण्डारखाल पर्व जस्ता
अनेकौँ पर्वमा सजाउनुभयो ॥
हाम्रा हजुरबाबाहरु समेत
सबै घण्टी प्रेमी
घण्टीको मधुरधुनमा सबैलाई लट्ठ्याएर
अन्याय र अत्याचारको
अमृत भोजनले,
निमुखा, असहाय र दीनदुखीलाई
मस्तले मार्नुभयो,
अझै पौरख फैलाउन,
घण्टीको आकार, प्रकार र साइज फेरेर
नयाँ ठाउँमा बसाइँ सार्नुभयो ॥

हामी सबै कमालका घण्टीप्रेमीहरु
आफै घण्टी भएर किन बज्ने ?
कहिल्यै प्रयास नै गरिएन
जसको, जहाँबाट, जुन समयमा, जस्तो
घण्टी बजाए तापनि
फुरुक्क पर्दै, उतै दौडिरह्यौँ ॥
आफुले आफ्नै सजिव अस्तित्व बिर्सेर
निर्जीव घण्टीको पछि लागिरह्याैँ ।
अब हाम्रा पौरखी रहर
जाँगर अल्छिको फिँजारेर,
आकाशबाट विकास बर्सेको
डोकोमा थाप्नुछ ।
शुख, शान्ति र समृद्धिको सपना
सानो पलाष्टिकको पोकोमा राख्नुछ ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गायत्रीकुमार चापागाई
गायत्रीकुमार चापागाई
6 months ago

घन्टी प्रेम पुस्तैनी बपौती,व्यङ्ग्य सशक्त

Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
1
0
Would love your thoughts, please comment.x
()
x