साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुरापाती मित्र !

Nepal Telecom ad

बहाना अनेकौँ खुरापात मात्र
नगर्ने कुराले छुरा घात मात्र
गरेकै छ भन्दै अनेकौँ तमासा
तहल्का रचायौ कतै छैन आशा ।

सडेका गलेको कतै माल गाडी
तिनै भित्रिइन्छन् सबैका अगाडि
होहल्ला छ धेरै गफाडी भएझैँ
खुरापात गर्ने जुवाडी रहेझैँ ।

कतै हात काट्दै र औँला छिनाल्दै
कयौँ यातनाका बहाना नियाल्दै
अझै भन्दछौ हैन उस्तै छ मैत्री
कतै छैन त्यस्तो खुरापात भित्री ।

सुखी वंश हाम्रा कहाँ कंश हुन्छन्
स्वजातीय मार्दै कहाँ अंश लिन्छन्
मरेका सबै वंश हाम्रा पवित्र
तिनैको छ चिन्ता स्वजातीय मित्र ।

मुखै खोल्दछौ वंश हाम्रा भनेर
अझै गर्दछौ ध्वंश राम्रा गनेर
बगेका सबै रक्तधारा मिलाऊ
कहाँ भिन्नताको निसाना चिनाऊ ? ।

सकेसम्म यस्तै गरी लुट्न सक्छौ
ससाना खजाना कतै भुट्न सक्छौ
जहाँ हुन्न आत्मीयतापूर्ण कर्म
खुरापातकै चल्छ लाखौँ कुकर्म ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x