साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोदीजीलाई ….. !

Nepal Telecom ad

मुखमा रामको नाम बगलीमा तिखा छुरा
विश्वले बुझ्न थाल्यो है मित्रका कपटी कुरा
हाम्रो पानी जवानीमा आँखा गाड्छस् अझै कति ?
‘झुकेगा नहीँ ये माथ हम हैं हिमसन्तति ।’

कैले सुस्ता बनी पस्छस् उम्लन्छ रक्त बेसरी
कोसी गण्डक भै डस्छस् सहन्छ मन के गरी ?
महेशपुरको माटो उठाई सबले भने
‘नहीँ स्वीकार्य है भैया ! तुम्हारी दासता हमें !’

छिमेकी जिउँदा जन्ती मलामी हुन्छ मृत्युमा
भन्थे तर छिमेकी नै वैरी भै उभिइस् यहाँ
ऋषिमन सधैँ भन्छस् व्याधामन लिएर हे !
‘मृगजीवन हैं त्रस्त पडोसी भेडिया रहे ।’

रोटीबेटी त सम्झन्छस् नाकाबन्दी गराउँछस्
खुर्दलोटनमा बाँध बाँधी बुद्ध डुबाउँछस्
बुद्धभूमि यहाँ भन्छस् हैन भन्छस् कहीँ कहीँ
‘इमान नाम की चीज हैं कि थोडा बचा नहीं ?’

पिएर नरको आँसु ‘नरेन्द्र’ बन्न सक्छ को ?
लुटेर सबको ‘मोद’ मोदी हुँ भन्न सक्छ को ?
भिरी बुद्ध र गान्धीको माला क्षुद्र शरीरमा
‘अहिंसा शान्ति आदर्श क्रूरता में रहा कहाँ ?’

सारा भारतको आस्था पशुपति भनी हिँडिस्
यता श्रीखण्ड अर्पेर विषमाला उता भिरिस्
गेरुवा वस्त्रले मात्र सन्त को बन्न सक्छ र ?
‘दिया हैं शिव ने श्राप तुम्हारी क्षय निश्चय ।’

आफ्नो विधान पढ् पैले अनि मात्र सुझाव दे !
गोर्खाल्यान्ड र कस्मीर के भन्दै छन् जवाफ दे !
छिमेकी घरमा आगो सल्काई मख्ख छस् भने
‘सोही आग बुझी राख बनाएगा तभी तुम्हें ?’

बनिस् अङ्ग्र्रेजको दास हामी स्वाधीन भै रह्यौँ
पानी पिएर धर्तीमा बमसँग भिडी रह्यौँ
गोर्खाली वीरता देखी विश्व काम्दछ थर्थर
‘हैं कि नहीं तुम्हें यारौं ! थोडा भी मृत्युका भय ?’

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x