साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुर्खाको आत्मा

Nepal Telecom ad

पण्डित रजनीकान्त शर्मा !
यो घर कसको हो ?
पुर्खाको आत्मालाई सम्झेर
श्रद्धाको फूल चढाउँदा चढाउँदै
पितृको पुण्य स्मृतिमा
आँसुको तर्पण दिँदा दिँदै
बिजुली चम्कियो आकाशमा !
के भयो तिम्रो धरतीमा ?
के भयो मान्छेको बस्तीमा ?
सन्तानको मायाले पग्लेर
धमिलो आकाशलाई तरवारले चिर्दै
मरुभूमिको माटोलाई बन्चराले चिर्दै
उहिले उहिले सात पुस्ताअघिका
बाजे, बजै र बराजुहरू
फर्केर आए आँगनमा
र बास माग्न थाले !
हे छोराछोरीहरू !
प्यारा प्यारा सन्ततिहरू !
कुलका उज्याला दीपहरू !
तिमीहरूको मायाले
श्रद्धा र प्रेमको छायाले
फर्केर आयौँ स्वर्गबाट !
फर्केर आयौँ नर्कबाट !
हामी फेरि बाँचेर आयौँ
मृत्युलाई पनि जितेर आयौँ !
समय पानीझैँ बगेर गयो
केही सम्झिए जस्तो लाग्छ
केही बिर्सिए जस्तो लाग्छ
के तिमीहरूले अझै
नयाँ घर बनाएका छैनौ ?
के तिमीहरूले अझै
नयाँ बाटो खनेका छैनौ ?
यो पुरानो घर र पुरानो बाटो त
हामीले बनाएका थियौँ !
भन यो बाटो कसको हो ?
भन यो माटो कसको हो ?
हामी त आज
आफैले खनेको बाटोमा हिँड्दै
फर्केर आयौँ आफ्नै घरमा !
हामी आज
आफ्नै हतियार र औजार बोकी
बास खोज्दै आयौँ
आफैले बनाएको पुरानो गुँडमा !
(हे छोरानाति हो !
घरबेटी बाबु हो !
आँगनीमा देऊ न हामीलाई बास …)

आँगनको डिलमा उभिएर
जङ्गली चराझैँ गीत गाइरहेका
यी प्राचीन मान्छेहरू को हुन् ?
शिरमा घाँसको मुकुट लगाएका
कम्मरमा सिरुपाते खुकुरी भिरेका
पिठिउँमा नुनको ढाकर बोकेका
हातमा खुँडा र धनुकाण लिएका
खुट्टाभरि हिलैहिलो लागेका
काँधमा खर्पन, कोदालो र हलो बोकेका
पसिनाले भिजेको भोटो लगाएका
पितृहरूको लामो लस्कर देखेर
छोरा, नाति, पनाति
र तिनका प्रिय धर्मपत्नीहरू
सबै आतङ्कित बने
र घरको मूल ढोका थुनेर
भित्र पसे !
पण्डित रजनीकान्त शर्मा !
यो घर कसको हो ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
राज्यसँग एकालाप

राज्यसँग एकालाप

डा. विप्लव ढकाल
म अज्ञात शहीद आएको छु !

म अज्ञात शहीद आएको...

डा. विप्लव ढकाल
कागजकाे फिरफिरे

कागजकाे फिरफिरे

डा. विप्लव ढकाल
बाबाको सपना

बाबाको सपना

डा. विप्लव ढकाल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x