साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तालु महिमा

Nepal Telecom ad

मान्छेले नबुझेर तालु खुइले भन्छन् मलाई तर
के नाफा यसमा छ मानिस कठै बुझ्दैन गाँठी कुरा
धर्तीमा जति छन् महापुरुष ती प्रायस् सबैको शिर
खाली तालु खुला खुला छ सबको देख्दै बडा सुन्दर ।

ज्ञानी गौतम बुद्धको पनि खुला यस्तै थियो रे शिर
गान्धीको त निधारसम्म शिर नै खाली थियो आखिर
ठूला लेखक चित्रकार कविको तस्बीर हेर्ने गर
चिल्ला सुन्दर तालुबाट असली मिल्छन् सबै उत्तर ।

पत्नी खूब रिसाउँदा पनि त लौ लाग्दैन केही डर
भन्थे रे सुकरातले त शिरमा यौटै नहोस् रौँ बरा !
झ्याप्लो झ्याप्प कपाल ब्यर्थ शिरमा पालेर के हुन्छ र
लामो केश नपाल है मनुज हो सम्झे बुझे यो कुरा !

झाडीतुल्य कपाल आखिर सधैं मैला र धैला हुने
चर्को रीस दिमाग तातिरहने कैल्यै नसेलाउने
देख्दै सुन्दर शान्त तालु खुइले छन् भाग्यमानी जन
सक्छन् बाँच्न बुझेर आखिर तिनै आनन्दको जीवन

लमजुङ, हाल : अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x