साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के काम गणतन्त्र यो ?

Nepal Telecom ad

यता हेर्यो लथालिङ्ङ, भताभुङ्ङ उतातिर
हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर !
नरहे देश नै ‘सग्लो’, के काम गणतन्त्र यो ?
मारेर जनतालाई कसरी लोकतन्त्र भो ?

छल–छद्म गरी लुछ्नै पल्केका ढँटुवाहरू
स्वार्थी, नकच्चरा, पापी, नखरे नटुवाहरू
‘नयाँ नेपाल’ चाहिन्न नौटङ्की गर बन्द यो
र फिर्ता गर लौ हाम्रो पुरानै देश रम्य त्यो !

बखेडा जातको गर्दै धर्मको नगरा पिटी
कालो, गोरो र चुच्चेको, बुच्चेको लफडा झिकी
कैले भूगोल वा कैले भाषा–भेष र संस्कृति–
लाई ढाल बनाएर वैर्याईकन विकृति ।

जुधाई जनतालाई देश सग्लो हराभरा
असत्ती पार्न खोज्दै छन् टुक्राटुक्रा, चिराचिरा
चौटाचौटा गरी लुछ्ने–घिच्ने षड्यन्त्र तीव्र छ
दुर्दशा नसकी खप्नै मन हाम्रो भरङ्ग छ ।

शान्त, सुन्दर, सन्तुष्ट, सौम्य, स्निग्ध, हराभरा
प्रेम–सौहार्दसम्पन्न न्यायको, धर्मको धरा
पालेको वीर पुर्खाले सम्हाली यत्नपूर्वक
हाम्रो नेपाल यो प्यारो महान् गौरव–वैभव ।

नाना निहुँ गरी बोक्रे अहोरात्र निरन्तर
देश यो निल्न खोज्दै छ हन्तकाली अजिङ्गर
देखी नेपालको आज यस्तो दारुण दुर्दशा
चिरिएको छ यो छाती, कलेजा छ छियाछिया ।

मायाँ हुन्छ त्यसैलाई स्याहार जसले ग¥यो
के मायाँ बगरेलाई खुँडाले मार हान्छ जो
बियाँलो नगरी कत्ति कसेर अब कम्मर
उद्धारकहरू ! आओ, कष्ट यो देशकोे हर !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x