साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल नै बेपता

Nepal Telecom ad

हे राजेन्द्र सखा गुरो सकलका हे प्यार मेरा रवि
तिम्रो नाम भयो पवित्र जगमा हे यार मेरा कवि
नेपाली जनको ब्यथा भुवनको जान्ने तिमी हौ सदा
कस्तो काल भयो कठै जगतमा धान्ने तिमी हौ सदा ।

के के भो भन है पुरी जनकको के भन्छ छाती पिटी ?
टोपी आज पराइ भो नगरमा बोके सबैले झिटी
यस्तो सुन्न पर्यो अहो विमलजी सद्भाव सारा मरे
आए रे घरमा बिथोल्न जनको आधार बाच्ने हरे !

उस्तै दक्षिण भो विवेक तुहियो नाका सबै बन्द भो
टाढा पुग्नुथियो विकासपथमा यात्रा कठै मन्द भो
बस्थे हेर मिली परेर भरमा गम्छा र भोटाहरू
साथीभाइ थिए मिले अघि बढे हाँडी र लोटाहरू ।

सीता राम बनी हिँडे सकल ती चम्केर तारा बने
गाए गीत मिठो रचेर कविता नेपाल प्यारा भने
प्यारो त्यो मिथिला अहो विगतको त्यो धामको धाम हो
सीता हुन् जननी हरेक घरमा टुप्पी सबै राम हो ।

बौलायो कलिकाल साल अहिले छाडा भयो जिन्दगी
माली फूल बने पराइ बरिलै टाढा भयो जिन्दगी
ढिक्का एक थियौं, लियौं पथ नयाँ लौ एकता गो कता ?
लाग्यो त्रास नयाँ हरेक मनमा नेपाल नै बेपता ।
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x