प्रेम ओली ढकलपुरेनयाँ सडक
गर्दै तडकभडक
तरुनीको मिनीस्कर्ट हेर्न
लम्पसार सुतिरहेछ
नयाँ सडक ।
नयाँ फेसन आयो भने
त्यतै आउँछ
तरुनो होस् कि बुढो
नयाँ मोडेलहरू हेर्न
त्यतै धाउँछ
रङ्गी बिरङ्गी पुतली पनि
त्यतै डुल्न आउने
सुन्दर सुन्दर फूल पनि
त्यतै झुल्न आउने
उमेर भाको होस् कि पाको होस्
सबले आँखा लाउने
गर्दै तडक भडक
मस्किँदै छ
जिस्किदैछ नयाँ सडक ।
लुगा किन्ने पनि त्यहीँ
मुगा किन्ने पनि त्यहीँ
थुगा किन्ने पनि त्यही आउँछ
किनभने नयाँ सडकमा
खोज्नेले जे पनि पाउँछ
चैत बैशाखमा झन त्यहाँ
सुन्दरताको लालिगुराँस झैं
सलल बगेको हुन्छ
ग्ल्यामर झन त्यहाँ
तलतल बगेको हुन्छ
गर्दै तडकभडक
नयाँले तस्बिर खिच्न
ब्यस्त छ नयाँ सडक ।
तर होसियार है
नक्कली माललाई पनि
सक्कली भनेर
तपाईंलाई बेबकुब बनाउन सक्छ
चियाकफी पस्केर
सस्तो सस्तो माललाई पनि
महङ्गो हाल्न मनाउन सक्छ
तानेर भए पनि तपाइँलाई
पसलमा पसाउँछ
ससुराली आको जस्तो
सत्कार गर्दै बसाउँछ
ख्यालठट्टा गर्दै मजाले हसाउँछ
ओर्जिनल माल भनेर
कसम माहाकसम खाँदै
झ्वाम्मै फसाउँछ
गर्दै अनेक तडकभडक
मजाले कमाउँछ नयाँ सडक ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































