लेख निरौलाकालो बजारी रे !
व्यापार मेरो कसरी छुटाऊँ
आधार बाँच्ने न त झन् गुमाऊँ
रहस्य यो सृष्टि गुमे म डुब्छु
आफ्नो बजारी न छोड्न सक्छु ।।
अभावमा वस्तु दिएँ लुकाई
पैसा लिएँ हो तर दुःख पाई
कालो बजारी कसरी भनूँ म
अभाव टार्ने विधिमै रमूँ म ।।
आफन्त खोजी कति ग्यास बाँडेँ
बाँडेर खाने विधि नै बसालेँ
चाहिन्न त्यो तौल पुरा छ छैन
अभावमा सत्य कुरै रहन्न ।।
पैसा बढी भो किन भन्नु पर्छ
सामान जस्तै पनि राख्नु पर्छ
अभाव हो मूल्य कहाँ रहन्छ
हेरिन्न पैसा यदि वस्तु मिल्छ ।।
पेट्रोलमा मूल्य बढी भयो रे
कालो बजारी अति नै भयो रे !
लौ दिन्नँ आफू अनि खाऊ पैसा
जाऊ हिँडाऊ सब द्रव्य ऐसा ।।
आरोप कस्तो पनि सुन्नु पर्छ
लुटेँ अरे धेर खुला सहर्ष
बुझ्दैन कोही किन दुःख मेरो
कालो बजारी गर खुल्छ घेरो ।।
उता लुटाऊ अनि वस्तु पाऊ
यता लुटाऊ अनि पो कमाऊ
त्यसै कहाँ हुन्छ बजार आफ्नो
निकै कडा काम हजार आफ्नो ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































