साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फेरि भुइँचालो गएको छ मन–मुटुहरूमा

Nepal Telecom ad

(चिसोले मरेका भूकम्प–पीडितमा समर्पित कविता )

 

र,
राहत थाप्नेहरूको लाईनबाट
हराएको छ त्यो अँध्यारो अनुहार
यी टेन्टमुनि बाँचिरहेका ख्याउटे जीवनहरूमाझ
गायब छ एउटा संख्या
सरकारबाट सहयोग थाप्नेहरूको नामावलीमा
घटेको छ एक नाम
यसरी–
धिपिक्क
धिपिक्क
एउटा उज्यालो दियो निभेको छ
हावाहुरीसित जुध्दैे ।
झर्दाझर्दैको आँसु सुकेर गएको छ गालैमा
अन्धकारसित लड्दा–लड्दै
एउटा थकित तारा झरेर गएको छ बिहान हुनुअघि
र, सम्बन्ध–विच्छेद गर्दै
थुप्रै पीडाहरूसित
अकाल मृत्यु भएको छ एक पीडाको ।
छाडी गयौ–
बा’का बूढौली आँखाका खोपीमा जवान रहरहरू
आमाको छातिभरि ममताको दुःखाई
भाईबहिनीको लागि अभावका अग्ला–अग्ला पहाडहरू
सन्तानका अनुहारभरि रित्तोपन
र आफ्नो मायालुको पछ्यौरीभरि सुटुक्क राखी गयौ
केही भाग छट्पटी र उदासी ।
तिम्रो मृत्युको खबरले
यस चिसो साँझमा
फेरि एउटा भुइँचालो गएको छ मनमुटुहरूमा …
ए जीवन
कत्ति नमिठो गयौ तिमी
एक जोरदार थप्पड हान्दै नालायक सरकारलाई
घिनलाग्दो थुक्दै एउटा लाचार जीवनले कुशासनलाई
ठड्याउँदै चोर औँला विवेकहीनहरूमाथि ।
तिम्रो मृत्युमा
मौनधारण गरेकाछन् हिमालहरूले
आँसु खसालेका छन् पहाडहरूले
सुकसुकाउँदै छ डाँडाकाँडा उडिहिँड्ने बतास
ए जीवन
कत्ति बेस्वाद भएर गयौ तिमी …
अलपत्र छोड्दै तिम्रो चिहानमाथि सरकारी राहतका–
दुई किलो चामल,
एक पाउ दाल
र, केही थोत्रा लत्ताकपडा ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x