लेख निरौलाभाकम्प !
भाकम्प कस्तो कसरी बताऊँ
अव्यक्त पीडा कतिसम्म गाऊँ
भूकम्पले त्रास दियो अवश्य
भाकम्प भो झन् अति नै रहस्य ।।
भूकम्प केही क्षण बिर्सिइन्छु
हो सम्झनाको क्षण तर्सिइन्छु
भाकम्प पीडा दिनरात कस्तो
जो स्वप्नमै झन् विपना छ जस्तो ।।
भूकम्पले राष्ट्र सबै लिएन
आयो गयो त्यो पछि नै थिएन
भाकम्पको त्रास लखेट्छ नित्य
सम्पूर्ण नेपाल पसेर सत्य ।।
भाकम्पको कम्पन नित्य उस्तै
आतङ्क झैँ निर्मम यो प्रशस्तै
रोकिन्न कस्तो दिनरात त्रास
छ मास लाग्दा पनि छैन आस ।।
भाकम्पका लक्षण भन्न गाह्रो
नदेखिँदो मन्द विषाक्त पारो
जो घेर्छ नाका सब देश द्वार
मरून् कराऊन् नर बार बार ।।
संवेदनाहीन तरङ्ग भित्र
देखिन्छ जो बाह्य अभिन्न मित्र
जो राष्ट्रको आर्थिक पक्षसम्म
प्रवेश गर्ने क्षमता अचम्म ! ।।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































