साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सिंहदरबारको सरकारी बजार

Nepal Telecom ad

यहा छन्
बागबजार
तरकारी बजार
आज घुमाउँदै छु तपाइँलाई
काठमाडौंको सरकारी बजार
यहाँ पनि
तरकारी बजारमा जस्तो
जे पनि पनि पाईन्छ
बरु भन्नुस् तपाईंलाई के के चाहिन्छ ?
यताको शिक्षा मन्त्रालय हो
यसले हातधुने शिक्षा दिन्छ
उताको स्वास्थ्य मन्त्रालय
यसले परिवार नियोजनको कक्षा दिन्छ
दाँयातिरको मन्त्रालयले पहुँच हुनेलाई
बाढी पीडितको नाममा भिक्षा दिन्छ
बाँयातिरको चाहिँ
शिष्टाचारको ढोगढाग कार्यालय हो
अली परको चाहिँ
घरकै दाजुभाइलाई ठोकठाक मन्त्रालय हो
बायाँतिर जानु भो भने
लोडसेडिङ मन्त्रालय आउँछ
दाँयातिर जानु भो भने
नोट सेडिङ मन्त्रालय पाउँछ
माथितिर जानु भो भने
आपूर्ति तथा खाने मन्त्रालय
तलतिर जानु भो भने
ढल तथा पानी जाने कार्यालय
यताको छेउको बन सखाप कार्यालय
उताको छेउको धन सखाप कार्यालय
यहाँ हरिकङ्गाल पनि
बिना लगानी करोडपति हुन्छ
सडकछाप हुने पनि चन्द्रमा छुन्छ
यहाँ सब छ
त्यसैले त सरकारी बजार गजब छ ।
तर सर्व साधारणालाई छिर्न पास चाहिन्छ
पास छैन भने तपाइँको मान्छे खास चाहिन्छ
तरकारी बजार बन्द भए
सबलाई उकुसमुकुस लाग्छ
सरकारी बजार बन्द भए
धेरैलाई हाइ सन्चो लाग्छ
त्यसैले त हप्ताको
दुई दिन बिदा बनाउनेको माग छ ।
तरकारी बजारबाट
कतिको भात भान्सा चल्छ
कतिको रोजी रोटी चल्छ
तर सरकारी बजारबाट
भन्छन् देश नै चल्छ
तरकारी बजार आउनेहरू
झोलामा करेला बरेला बोकी लान्छन्
सरकारी बजार आउनेहरू
झोलामा ल्यापटप, कम्पुटर ठोकी लान्छन् ।

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x